देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए।
चिनियाँले काम शुरू गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा. जैसीले बताए। मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए।
नेपालमा टेस्लाको आधिकारिक बिक्रेता नरहेको अरेत इन्टरनेसनलले हङकङमा दर्ता देखिने साउथ चाइना एक्जिममार्फत गैरकानूनी रूपमा गाडी आयात गरिरहेको छ। प्रक्रिया पूरा नगरी भन्सारबाट कसरी गाडी पास भइरहेका छन्?
प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्।
दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। अहिले गोँगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भीड लागेको छ।
एनआरएनएको अध्यक्षमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनलाई बेलायतका विनय अधिकारी र जापानका विष्णु बानियाँले समर्थन गरेका छन्।
प्रधानमन्त्री दाहालले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य–मान्यताभन्दा पनि भनसुनका आधारमा मतदान गर्ने प्रचलन बढेको टिप्पणी गरे।
मन्त्री भुसालले आन्तरिक उत्पादनमा प्रभाव पर्न नदिन बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरिएको बताए।
सोमबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले ओरालो लागेर ३५५.७४ मा सीमित भएको छ।
अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने, यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।
मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका तिलु बुढा मगरलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ।
मंगलबार र बुधबार बेइजिङमा हुने सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफल हुने छ।
रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।
टी–२० र एक दिवसीय दुवै 'फर्म्याट'मा अहिले केही फेरबदल गर्न लागेको क्यानले जनाएको छ।
व्यापारीहरू भने विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको बताउँछन्।
विगतका केही आपराधिक घटनामा यस्ता सवारीको संलग्नता देखिएको भन्दै प्रहरीले पछिल्लाे समय निगरानी बढाएको छ।
शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।
असिनापानीले धान, भटमास, कोदो र तरकारी नष्ट गरेको छ। पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्।
सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई। सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ।
कार्गो रेल नियमित रूपमा सञ्चालन हुन सके औद्योगिक क्षेत्रका लागि सहज हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन्।