इजरायली हमलामा परी गाजामा ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।
रोकिएको काम तत्काल अगाडि बढाउन नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने कुलमान घिसिङको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन्।
दाइजोको निहुँमा आरतीको हत्या भएको भन्दै माइतीपक्षले असार १ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छन्।
कांग्रेसबाट विद्रोह गरेका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले केदार कार्की गठबन्धनकै समर्थनमा मुख्यमन्त्री बनेको बताएका छन्।
गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले सम्भावित सैन्य सहयोगबारे छलफल गर्न रुसको भ्रमण गरेका थिए।
आव २०६८/६९ मा ८३ लाख ९८ हजार रहेको विश्वविद्यालयको बेरुजु २०७८/७९ मा एक अर्ब १२ करोड ५७ लाख पुगेको छ।
शनिबार प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्।
हेलिकप्टरमा पाइलट मात्रै थिए। उनी सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने याेजना पुडासैनीको छ।
१० वर्षअघिसम्म पाल्पाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। तर, अहिले गाउँमा बीउसम्म पाउन मुस्किल पर्न थालेको किसान बताउँछन्।
न्युजिल्यान्डले यसअघि इंग्ल्यान्डलाई ९ विकेट र नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो। बंगलादेशको भने यो दोस्रो हार हो।
कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको छ।
काठमाडौँ जिल्ला अदालतले तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका राहुल महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले इमान र सत्यको शत्रु आफ्ना विरोधी रहेका भन्दै समृद्धितर्फ अगाडि बढ्नेबित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताए।