खेलाडीले अल्मुताइरीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक स्वीकार नगर्ने बताएका छन्। उनले व्यक्तिगत फाइदाका लागि खेलाडी र राष्ट्रिय टोली प्रयोग गर्दै प्रायोजकसँग लेनदेन गर्ने गरेको उनीहरूको आरोप छ।
केन्द्रीय बैंकले बर्सेनि पुराना, झुत्रा भइसकेका वा खुइलिएका नोटहरू फिर्ता लिएर नष्ट गरी नयाँ नोट बजारमा पठाउँदै आएको छ। तर प्रयोगकर्ता सचेत नहुँदा नेपाली नोटहरू औसत आयु नसकिँदै प्रयोगबाट बिदा हुन्छन्।
मंगलबार एनआईबीएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।
साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड, पोखराका प्रमुख वासुदेव उपाध्याय उद्योग मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैँमा चिनी आयात हुन नसकेको बताउँछन्।
स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले खाद्यले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा स्वस्थ रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको दाबी छ।
संसदीय समितिले बझाङ जिल्लामा हालै गएको भूकम्पका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका लागि सरकारलाई निर्देशन दिएको छ।
साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१५ प्रतिशत रहेकोमा भदौमा ९.७४ प्रतिशत पुगेको छ।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।
सम्मेलनअन्तर्गत मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ। नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ।
हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय विमानमार्फत दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाइएको छ।
गाजा इजिप्टको सीमानामा रहेको रफा बोर्डर हुँदै बाहिरिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले आक्रमण गर्दा २५ जनाकाे मृत्यु भएको छ।
नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।
तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन प्रहरीको अनुरोध छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते आचार्यका नाममा नागरिकता जारी गरेको थियो।
कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्।
जापानले सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्ध कायम रहने रुसले जनाएको छ।
बाढीको गेग्र्यान पन्छाउन छिमेकी गाउँका स्थानीयसमेत जुटेका छन्। पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम संकलन गरेर पठाएका हुन्।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
अस्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो।