कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले विद्यालय शिक्षा हासिल गरेपछि विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयतिर नलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्ने गरेको बताए।
महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको विरोधमा फेसबुक स्ट्याटस लेखेका स्थानीय बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरेर साइबर अपराधमा अनुसन्धान थालेको छ।
विप्लव कास्यका लागि भएको पुरुष कुमुतेको ८४ केजीमाथिको प्रतिस्पर्धामा साउदी अरेबियाका तारेग हामिदसँग पराजित भए।
कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पीडित परिवारका सदस्यले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।
कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।
बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि राहतको घोषणा गरेका हुन्।
महिलामाथि हुने दमनविरुद्ध गरेको संघर्षका लागि इरानकी अधिकारकर्मी नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरिएको छ।
प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नुका साथै पीडितलाई आवश्यक राहत पुर्याउन स्थानीय निकायलाई निर्देशनसमेत दिएका छन्।
विधेयक तर्जुमामा सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन शुरू गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरूको भनाइ छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले शिक्षाप्रणालीको खराबी र यसमा भएको व्यापारका कारण देश दुर्दशामा फसेको दाबी गरे।
सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने सांसद शर्माको भनाइ छ।
विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतको सुझाव छ।
नेकपा एमालेका सांसदहरूले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिइ विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन्।
एक दशकभन्दा लामो समयदेखि सिरियामा गृहयुद्ध चलिरहेको छ। अहिले तत्कालै कुनै पनि विद्रोही समूहले हमलाको जिम्मा लिएका छैनन्।
सरकारले भारतबाट आयात हुने ताजा माछामा भ्याट लगाउन थालेको भन्दै काठमाडौँका माछा व्यवसायी आन्दोलनमा छन्। तर भन्सार विभागले भने भ्याटसम्बन्धी नयाँ व्यवस्था गरेको नभई व्यवस्थित मात्र गरेको जनाएको छ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई 'राजा' भनेकोमा आपत्ति जनाएका छन्।
चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्।
बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका थिए।
प्रशिक्षणका लागि नेपाली टोली शुक्रबार नै भारत जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टोलीले राजस्थान रोयल्सको एकेडेमीमा १० दिन अभ्यास गर्नेछ।
नेपालगन्जमा यसअघि दिउँसोको समयमा कर्फ्यु खुकुलो बनाइएको थियो।