बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
प्यालेस्टिनी सैन्य समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार नेपालीको शव इजरायल सरकारले तेल अविवस्थित नेपाली राजदूतावासलाई बुझाएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएका छन्।
फाइनल पुग्ने दुई टोलीले स्वतः आगामी डिसेम्बरमा पाकिस्तानमा हुने एशिया कपमा स्थान बनाउने छन्। तेस्रो स्थानमा रहने टोली पनि एशिया कपमा पुग्ने छन्।
सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि ‘सटल’ बसको व्यवस्था गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ।
कात्तिक २ गतेको मतदानपछि आएको नतिजासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद चुलिएको छ।
कोशी प्रदेशमा आफ्नै दल (कांग्रेस) भित्र ‘विद्रोह’ गरेर मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत पाएसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन कसरत अघि बढेको छ।
मन्त्री महतोले जीवनजन्तुको संख्या बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट सिर्जित समस्या व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
धरानका राजनीतिक दलहरूले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्या समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन्।
ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्।
गाउँमा अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले बेच्ने दुई किलो चिनी किन्न उपत्यका आसपासका जिल्लाबाट समेत सर्वसाधारण काठमाडौँ आउन थालेपछि सुपथ मूल्य पसलहरूमा भीड लागेको छ।
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्छन्। तर, हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्।
राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन्।
बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ।
बालीमा डेनपसारलगायत १० वटा क्षेत्रका ११३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जंगलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको बताइएको छ।
जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ।
अरनिको राजमार्गमा सवारी जाँचका क्रममा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।