AnonymousUser

Logout

किशोर हत्यापछि तरंगित फ्रान्स, ट्राफिकलाई दिइएको गोली हान्ने अधिकारमाथि प्रश्न

फ्रान्समा नाहेल मेर्जोकलाई ट्राफिकको चेक-पोइन्टमा गाडी नरोकेका कारण गोली हानी हत्या गरिएपछि सन् २०१७ मा ट्राफिकलाई बन्दुक प्रयोगको अनुमति दिन परिवर्तन गरिएको दण्डसंहितामाथि प्रश्न उठाइएको छ।

राष्ट्रियसभामा खर्च कटौती प्रस्ताव पेस

राष्ट्रियसभा सदस्यहरू इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले बजेटमाथि खर्च कटौती प्रस्ताव पेस भएका छन्।

फेरि २१ सय बिन्दुमुनि झर्‍यो नेप्से, सोमबार ४ अर्बको कारोबार

पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः २ हजारकाे बिन्दुमा झरेको छ।

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेकाे सीआईबीको टोलीले गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको छ।

ललितपुर जिल्ला अदालतमा वकिलहरूको प्रदर्शन, मुख्य न्यायाधीश र विवादित कर्मचारीको सरुवा माग

ललितपुर जिल्ला अदालतका कर्मचारीले घूस मागेको र झूटो आरोप लगाएर वकिल पक्राउ गराएको भन्दै ललितपुर बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्नेलाई दण्डको व्यवस्था गरौँ  : नारायणदत्त मिश्र

सांसद मिश्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएकाले शहरी विकास मन्त्रालय आवश्यक नरहेको बताएका छन्।

एसईई नतिजा केही दिनमै प्रकाशन गर्ने तयारी, नतिजा पद्धतिबारे निर्णय गर्न बोर्ड बैठक बस्दै

उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको र असार २१ गतेसम्ममा एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डले जनाएको छ। 

एसीसी इस्ट जोन कप: उपाधिका लागि नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने

नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९८ रनले पराजित गर्दै फाइनलमा मलेसियासँगको भेट पक्का गरेको छ। मलेसिया यसअघि नै हङकङलाई पराजित गरेर फाइनलमा पुगेको थियो।

नामकरणप्रति असन्तुष्ट स्थानीयले मूलपानी क्रिकेट मैदानमा लगाएको ताला खुलेन

स्थानीयले आइतबार मूलपानी क्रिकेट मैदानमा ताला लगाएर नाराबाजी गरेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले पुरानै नाम कायम गर्ने र स्थानीयसँगको सहमतिमै नयाँ नाम राख्ने बताएका थिए।

प्रजातन्त्र ल्याउन राजालाई बम हान्ने जोगी साहः आफू गुमनाम बिते, पञ्चायतले जफत गरेको सम्पत्ति फिर्ता भएन

पञ्चायतविरुद्ध संघर्षका क्रममा जनकपुरमा राजा महेन्द्रलाई बम हान्ने टोलीमा जोगी साह पनि थिए, उनको सर्वस्वहरण भएको थियो। प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइसक्दासमेत जफत गरिएको सम्पत्ति फिर्ता भएको छैन।

पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशमा नौ प्रतिशत मात्र रोपाइँ

अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन। समयमा वर्षा नहुँदा र सिँचाइको पनि सुविधा नहुँदा मधेशमा करिब ९० प्रतिशत खेतमा रोपाइँ भएको छैन।

सोमबार बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो,  दुइतर्फी आवागमन

सोमबार बिहान इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो खसेपछि अवरुद्ध सडक खुलेको छ। पहिरोसँगै खसेको ढुंगा लागेर घाइते भएका ट्रकका चालकको उपचार भइरहेको छ।

स्टकहोममा कुरान जलाइएपछि मुस्लिम राष्ट्रहरू रुष्ट, स्वीडेन सरकारले भन्यो–स्लामोफोबिक कार्य

धेरै वर्षअघि भागेर स्वीडेन आएकी ३७ वर्षीय इराकी साल्वान मोमिकाले कुरानका पाना च्यातेर केही पेज जलाएकी थिइन्। यो घटनापछि इरानलगायत केही देशमा स्वीडेनविरोधी प्रदर्शन भएका छन्।

जंगली हात्तीले कुल्चिँदा झापामा भारतीय नागरिकको मृत्यु

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय पुरुषलाई हात्तीले कुल्चेर मारेको थियो। यो वर्ष झापामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको छ।

पोखराको मासु पसल व्यवस्थित गरिँदै, मापदण्ड पूरा गरेकालाई एकै प्रकारका साइनबोर्ड

पोखरामा सानाठूला गरी करिब ६०० मासु पसल रहेको महानगरको तथ्यांक छ। सबै मासु पसललाई मापदण्डभित्र आउन समय दिइने र नआउनेलाई बन्द गराउने महानगरले जनाएको छ।

सोमबार बिहानको पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

आइतबार झण्डै १८ घन्टा अवरुद्ध भएर खुलेको नारायणगढ–मुग्लिन सडक सोमबार बिहानबाट पुन: अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरोले एउटा ट्रक नै पल्टाएको छ।

कोशीमा प्रदेश प्रमुखद्वारा बिहीबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।

यूएईले ‘अन्यायपूर्ण तरिका’ले जेलमा राखेका आलोचकलाई रिहा गर्नुपर्छ : एम्नेस्टी

एम्नेस्टीले ‘अन्यायपूर्ण तरिका’ले थुनामा राखिएका ६० जना नागरिकलाई तत्काल रिहा नगरे कोप–२८ को बैठक ‘दमनले कलंकित’ हुने चेतावनी दिएको छ।

विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेपालसँग यूएई पराजित

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको प्लेअफ खेलमा यूएईलाई पराजित गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि आइतबार तीन जनालाई नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।