नेपाली सेनाको स्काइ ट्रकमार्फत् शवलाई धनगढी विमानस्थलमा पुर्याइएको थियो।
ब्राजिलको अमेजन जंगलको केही भागमा अत्याधिक खडेरीका कारण त्यहाँका नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ।
फ्लाई दुबईको विमानमार्फत आइतबार नेपाल ल्याइएका चार वटै शवलाई आजै नेपाली सेनाकाे हेलिकोप्टरमार्फत धनगढी पुर्याइएको हो।
विदेशी विशेषज्ञको कार्यप्रणालीलाई नेपालमा राम्रो मानिँदै आए पनि यस परियोजनाको मुख्य परामर्शदाता युरोपेली कम्पनी स्वेकाले आफूहरूसँग व्यावसायिक अविश्वास गरेको आरोप नेपाली साझेदार डेभटेकले लगाएको छ।
पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ।
उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अंग्रेजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले यो मदरसा मुस्लिम विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
योसँगै नेपाल ल्याइएका ४ वटा शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार नै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले एशियाली खेलकुदका लागि चीन उत्रिँदासम्म पनि जित्छु भन्ने आत्मबल आर्जन गर्न सकेकी थिइनन्। आफूभन्दा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्दा यी १९ वर्षीया किशोरीको मनोविज्ञानले कसरी काम गर्यो होला?
पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले त्यस क्षेत्रमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
अहिले गाजामा मानवीय सहायताको अत्याधिक आवश्यकता छ। इजिप्टपट्टिको रफाह बोर्डर खुलेसँगै २० वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन्। तर अहिलेको आवश्यकता हेर्दा यो सहायता निकै कम भएको बताइएको छ।
दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ।
भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्।
दशैँ मनाउन लाखौँको संख्यामा मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिँदा राजधानीका सडक रित्ता र सुनसान बनेका हुन्।
आशिष चौधरीको शव आइतबार दिउँसो आइपुग्दै छ। त्यसपछि चारवटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी लगिने छ।
जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा मुआब्जा निर्धारण हुन नसकेको मुआब्जा निर्धारण उपसमिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहको भनाइ छ।
भूकम्प गएपछि स्थानीयहरू घरबाहिर निस्किएर बसेको उपाध्यक्ष अर्यालले बताएका छन्। उनका अनुसार ठूलो धक्कापछि स–साना धक्काहरू गइरहेका छन्।
बिहान ७:३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निचूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
दशैँको रमझममा रहेकाहरूलाई बिहानैको भूकम्पको धक्काले झस्काएको छ।
शनिबार राति सम्पन्न खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा नसक्दा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।