भुरुङखोलामा रहेको कल्भर्ट बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक तथा तीर्थयात्री समस्यामा परेका थिए। बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ।
बजेट अभावका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको गौशाला व्यवस्थापन समितिको भनाइ छ। भजनी नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेका छन्।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।
चालु आर्थिक वर्षको आर्थिक ऐनले ‘गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाइ असुल गरिनेछ’ भनी व्यवस्था गरेको थियो।
आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मिलित एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ।
स्कटल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन मात्रै बनाउन सक्यो।
मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये घनश्याम उपाध्यायलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गर्ने निर्णय गरेको छ।
दलहरूबीच भागबन्डा नमिल्दा डेढ वर्षदेखि विश्वविद्यालय नेतृत्वविहीन छ। विश्वविद्यालय खुलेपछि बाहिर जानुपर्ने बाध्यता टरेकोमा उत्साही विद्यार्थीहरू अहिले यहाँ आफ्ना सपनाकै हत्या भएको महसुस गर्दैछन्।
मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि पुससम्म थप गर्ने निर्णय गरेको छ।
न्युरोडको जुद्ध शालिकदेखि वसन्तपुर क्षेत्रका सबै ठाउँमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए।
चेल्सीसँग रहेको युवा टोलीबाट धेरै आशा राखेको मुख्य प्रशिक्षक पोचिटिनो बताउँछन्। टोलीसँग काम गर्दै जाँदा पुनः चेल्सी शीर्ष स्थानमा पुग्ने उनको भनाइ छ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दिएको छ।
मंगलबारको कारोबारमा नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंकमा कायम भएको छ। नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य आधारहीन देखिएको बताएका छन्।
राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री दाहालले सोमबार कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह ‘धेरैचोटि दिल्ली गएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताएका छन्।
ट्विटरको विकल्प खोज्दै प्रयोगकर्ता ‘ट्रुथ सोसियल’, ‘मास्टोडोन’लगायत उस्तै प्रकृतिका सञ्जालमा भौँतारिँदै गर्दा मार्क जुकरबर्गले ‘थ्रेड्स’ नामक एप्लिकेसन लन्च गर्ने घोषणा गरेका छन्।
२०७८ कात्तिक १५ गते निर्णय (फैसला) सुनाउने मिति तय भएको ललिता निवास प्रकरणको मुद्दामा सर्वोच्चले अब पुनः सुनुवाइ गर्नुपर्ने छ। फैसला हुनबाट कसरी रोकियो यो मुद्दा?