AnonymousUser

Logout

देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

एक वर्षदेखि रिक्त टीआरसी भन्छ– ‘पदाधिकारी पाएपछि पूर्वबालसैन्यलाई न्याय दिन्छौँ’

सत्य निरूपण तथा मेलमिलाप आयोगले एक वर्षदेखि खाली रहेको आयोगमा नयाँ पदाधिकारी आएपछि पूर्वबालसैन्यको उजुरीमाथि अनुसन्धान हुने आश्वासनसहित रिट खारेजीका लागि सर्वोच्च अदालतसँग माग गरेको छ।

यू–१९ को प्रशिक्षक सुनिल, यू–१६ को रवीन्द्र

एन्फाले यू–१६ र यू–१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। रवीन्द्र सिलकार यू–१६ को र सुनिल श्रेष्ठ यू–१९ को मुख्य प्रशिक्षक नियुक्त भए।

नोबेल पुरस्कार विजेता युनुसलाई कर तिर्न अदालतको आदेश

युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दसौँ लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बंगलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पुगेको थियो।

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने २ जना पक्राउ, ३ फरार

बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड बनाइ ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

‘मौद्रिक नीतिले अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैन’

समग्रमा अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम ल्याउन राष्ट्र बैंक चुकेको उद्योगी–व्यवसायीको भनाइ छ।

इनरुवाका व्यापारीबाट २ घण्टा थुनियो औषधि पसल अनुगमन टोली

औषधि व्यवसायीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्‍याएको थियो।

पाथीभरा डाँडामा पनि चन्द्र ढकालको कम्पनी, केबलकार बनाउन सघाउँदै सरकारी निकाय

वन क्षेत्रको जग्गा ओगटेर केबलकार कम्पनी बढाउँदै गएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पनि केबलकार निर्माण अघि बढाएका छन्।

संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैन: गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने काममा आफू निरन्तर लागिरहने र आफ्नो अभियानबाट कोही पनि आत्तिन नपर्ने बताएका छन्।

मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा स्थान दिनु हुँदैन : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रूपान्तरणका लागि ‘एग्जिट पोलिसी’को आवश्यकता रहेको बताएका छन्।

सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ : द्वन्द्वकालमा बालसेना प्रयोग गरिएको छैन

प्रधानमन्त्री दाहालले २०६३ जेठअघि सेवा प्रवेश गरेका, बालिग, सक्षम, कर्तव्य पालनामा नियमित र सक्रिय रूपमा खटिएकाबाहेक अन्यलाई माओवादी सेना नमानेको जवाफ पेश गर्दै रिट खारेज गर्न माग गरेका छन्।

एएफसी कप : मछिन्द्रले भित्र्यायो आशिषसहित आठ खेलाडी

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणको खेलका लागि चर्च ब्वाइजका आशिष चौधरीसहित आठ नयाँ खेलाडी भित्र्याएको छ।

अन्ततः मस्कले हटाए ट्विटरको चरो, ‘एक्स’ले गर्‍यो प्रतिस्थापन

ट्विटरले नीलो रङको चरालाई हटाउँदै कालो पृष्ठभूमिमा कोरिएको सेतो ‘एक्स’लाई कम्पनीको नयाँ लोगोका रूपमा सार्वजनिक गरेको छ।

नेतालाई एउटा, जनतालाई अर्को कानून हुन सक्दैन: गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्कै कानूनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको उल्लेख गर्दै कानून सबैका लागि बराबर हुने बताए।

फार्मेसीले बेच्छन् औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरू पनि औषधि पसलहरूले बिक्रीका लागि राखेको भेटिएको बताए।

कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ पूर्ण इजलासमा हुने

सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।

विदेशबाट फर्किएर जडीबुटी खेतीमा जम्दै लुद्रबहादुर पुर्जा

परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले बताए।

महिला विश्वकप : अर्जेन्टिनामाथि इटलीको जित

इटलीका लागि वैकल्पिक खेलाडी किस्टियाना गिरेलीले निर्णायक गोल गरिन्।

पशुपति सहकारी समस्याग्रस्त घोषणा

सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। पशुपतिसहित हालसम्म समस्याग्रस्त सहकारीको संख्या १३ पुगेको छ।

ललिता निवास प्रकरण : दुई जना नक्कली मोही पक्राउ

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।