AnonymousUser

Logout

वर्षाले थप समस्यामा भूकम्पपीडित

यसै पनि खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक राहत सामग्री नपाएर समस्यामा परेका बारेकोटका भूकम्पपीडित वर्षाका कारण थप समस्यामा परेका छन्।

जग्गा विवादका कारण रामेछापको सामूहिक होमस्टे प्रयोगविहीन

व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।

प्रहरीले भन्यो– बहुमूल्य सामान बोकेर भिडभाडमा नजानू

तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि विद्यार्थी दक्षिण कोरिया पनि पठाइने

यसअघि नेपालले इजरायलमा पनि यही कार्यक्रममा कृषि विद्यार्थी पठाउँदै आएको थियो। पछिल्लो समय इजरायलमा जारी युद्धका कारण यो कार्यक्रम प्रभावित बनेको छ।

भूकम्पबाट घाइते थप १ जनाको मृत्यु, २४ डिस्चार्ज

जाजरकोट भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।

किसानलाई प्रांगारिक मल चिनाउने क्याप्टन फार्म

वीरगन्जका ताराप्रसाद गुप्ताले तीन वर्षअघि प्रांगारिक मल उत्पादन गर्दा किसान प्रयोग गर्नै मान्दैन थिए। मल प्रवर्धन गर्न कतिपयलाई निःशुल्क उपलब्ध गराएका उनी अहिले वार्षिक ६ करोड बराबरको कारोबार गर्छन्।

मुगु सामूहिक हत्या प्रकरण: २ आरोपी पक्राउ

कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो। 

रुकुम पश्चिममा मृतकका परिवारलाई शुक्रबारदेखि बाँडिँदै नगद राहत

सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो।

गोदाममै थन्कियो १ अर्बभन्दा बढीको पाउडर दूध

सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका छन्।

भूकम्पले खोसेको गोरख–शोभाको खुशी

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तह पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन्। कान्छी ऊर्जाले विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।

गाजामा मानवीय सहायताका लागि युद्ध विरामको दबाब

इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा मानिसको बढीको मृत्यु भएको र २७ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

श्रीलंकालाई हराउँदै न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलनजिक

जारी विश्वकप क्रिकेटमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरिसकेका छन्। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना

देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जर्मनीद्वारा संकटग्रस्त उद्यमका लागि राहत प्याकेज घोषणा

अर्थविद्हरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने आकलन गरेका छन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मंसिर ११ देखि जलेश्वरमा

रास्वपा प्रवक्ता मुकुल ढकालले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनुका साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्ने जानकारी दिए।

देश अझै आर्थिक दबाबमा छः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचक केही सकारात्मक देखिए पनि अझै दबाब कायमै रहेको बताएका छन्।

१६ वर्षपछि फैसलाको चरणमा रौतहट बमकाण्डको मुद्दाः फैसलाअघि नै किन उत्साहित छन् आलम समर्थक?

रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालतमा मंगलबार र बुधबार बहस चलिरहँदा समर्थकले राजपुरमा उनी छुट्ने भन्दै पटका पड्काएर खुसियाली मनाएका थिए।

एउटै ब्रान्डको विद्युतीय गाडीलाई मात्र ट्याक्सी बनाउने नीति गलत: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्याक्सीका रूपमा जुनसुकै ब्रान्डका गाडी आए पनि ती सबैलाई सहमति दिन आवश्यक रहेको बताए।

चेल्सीका पूर्वस्ट्राइकर ड्रोग्बा नेपाल आउँदै

डिडियर ड्रोग्बाले आफ्नो संस्थामार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।

रोजगारीका लागि इस्टोनिया पठाउने भन्दै ३४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

इस्टोनिया जान ७ लाख रुपैयाँ लाग्ने र महिनाको डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै पाँच जनाबाट ३४ लाख १३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन थिए।