दार्चुलाको व्यास र सदरमुकाम खलंगासम्म जोड्ने एक मात्र सडक खलंगा–तिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।
बाँकेमा आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन्। बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेस शत्रु हो भन्ने देखाएर सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।
लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवर्द्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
नेपाली कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा देशले ठूलो क्षति बेहोर्नुपरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।
मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिला शुरू भएका कारण धान रोपाइँ कम भएको छ। हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गुठीचौरमा दिनहुँ आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।
कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरीको मृत्यु भएको छ।
राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।
साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।
सीमावर्ती नाकाबाट गैरकानूनी रूपमा पशुपक्षी र माछा आयात–निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।
ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिवलाई थुनामुक्त गरेको सर्वोच्चले भाटभटेनीका सञ्चालकसहित अरू प्रतिवादीका रिट र उनीहरूको पक्षमा दिइएका यसअघिका अन्तरिम आदेश खारेज गर्न समातेका कानूनी आधारः
अध्ययन भिसामा रुस गएका गोरखाका २३ वर्षीय रजिन परिवारलाई थाहै नदिई रुसी सेनामा भर्ती भएका थिए। तालिम पूरा नहुँदै युद्धग्रस्त क्षेत्रमा खटाइएको बताएका उनी अहिले सम्पर्कविहीन छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ।