अज्ञात अवरोधका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन्।
नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।
सेनाको टोलीले जाजरकोटमा २३४ र रुकुम पश्चिममा २८४ घरबाट भग्नावशेष उत्खनन गरेर पीडितका आवश्यक सामग्री निकाल्ने काम गरेको छ।
दुई वर्षको छोरा च्यापेर सडक छेउमा बसिरहेका भूकम्पपीडित विष्णु थापाले भने, “राष्ट्रपति आएर पनि के भयो र? हामीलाई हेलिकप्टरको धूलो होइन चामल चाहिएको हो। न्यानो कपडा चाहिएको हो।”
ठेक्का सम्झौता गरेर समयमा काम पूरा नगरेको भन्दै कार्यालयले यसअघि ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो।
प्रधानमन्त्री दाहालको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे वाङसँग छलफल हुने बताइएको छ।
बागलुङको पर्यटकीय गाउँ भकुन्डे पुग्ने विदेशी पर्यटक होमस्टेमा अर्ग्यानिक खानाको स्वाद लिने, पर्यटकीय स्थलको भ्रमण गर्ने र स्थानीयलाई काम सघाएर रमाउने गरेका छन्।
पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई हालै ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।
पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।
हारको संघारमा रहेको अस्ट्रेलियाका लागि म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाए।
एकै व्यक्तिले १७ वटा संस्थाबाट २२ खातामार्फत ५२ लाख रुपैयाँ कर्जा लिएको समेत राष्ट्र बैंकको अध्ययन समितिले फेला पारेको छ।
भूकम्प प्रभावितलाई बाँड्नुपर्ने राहत सामग्री जाजरकोटको भेरी नगरपालिकामा थन्किएको छ। तर भेरी-३ का भूकम्पपीडितले वडा कार्यालयमा घण्टौँ कुर्दा पनि राहत पाएनन्।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको भन्दै सुरक्षाको माग राखेर पाटन अस्पतालका चिकित्सकहरू आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।
प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको उल्लेख गर्दै जुनसुकै हदसम्म गएर भए पनि क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्।
गत वर्ष आफ्नी आमा महारानी एलिजाबेथ द्वीतीयको निधन भएपछि राजा बनेका चार्ल्स तृतीयले पहिलोपटक राजाको रूपमा संसदमा सम्बोधन गरेका हुन्।
राखेपले प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरेको छ।
सबै नेताहरूबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकै खालको प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालको भनाइ छ।
विधेयकहरूमाथि गहनरूपमा छलफल अघि बढाउन संसद् सक्रिय नहुँदा प्रतिनिधिसभाले कानून बनाउन नसकेको भन्दै जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको छ।
बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि अनुदानमा आएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोपको ४० लाख मात्रा खेर जाने भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा सुत्केरी, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकका लागि अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधिको विशेष व्यवस्थापन गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।