राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद्, सांसद र मतदातासमेतको भूमिका रहेको बताउँदै सबैले आ–आफ्नो भूमिका राम्रोसँग निभाउनुपर्नेमा जोड दिए।
ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने स्थानीयको भनाइ छ।
गाडीमा सात जना सवार रहेकामध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको पहिचान खुल्न बाँकी छ।
बजारमा विगतको तुलनामा यस तिहारमा काजु, बदाम, पेस्ता, नरिवललगायत मसलाको मूल्य घटेको छ।
आईएफआरसीले जाजरकोट भूकम्पबाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।
अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
प्लास्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी जनकबहादुर सिंहले बताए।
आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान अंक भए पनि शीर्ष स्थानमा छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राज्यव्यवस्था तथा सुशासन समिति सदस्यहरूले सरकारलाई भूकम्प प्रभावितका लागि अस्थायी आवासको काम हिउँदअघि नै सक्न, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न सुझाव दिएका छन्।
लाइन काटिएका ग्राहकबाट करिब ६२ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको र तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने प्राधिकरणको भनाइ छ।
कर्णाली प्रदेश सरकारले तिहारलगत्तै जाजरकोट भूकम्प प्रभावितको पुनर्स्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले जाजरकोट भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले विद्युत् अवरुद्ध हुँदा अल शिफा अस्पतालमा सघन उपचार कक्षमा उपचाररत ३९ शिशुको ज्यान खतरामा रहेको बताएको छ।
कांग्रेस महामन्त्री गगन थापा भूकम्प प्रभावितका लागि ५०/६० हजार अस्थायी आवास आवश्यक रहेको र मंसिरभित्र अस्थायी बसोबासको व्यवस्था गर्न नसके पुसको चिसोले अवस्था भयावह हुने बताउँछन्।
महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए।
ध्यानाकर्षणपत्रमा चिसोले भूकम्प प्रभावित सुत्केरी, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकलाई थप कष्टकर अवस्थामा पुर्याउने औँल्याउँदै अस्थायी आवासका लागि युद्धस्तरमा काम अघि बढाउन भनिएको छ।
झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रधानमन्त्री दाहालले आफू सरकारमा रहने नरहने भन्दा पनि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा कति काम गर्न सकियो त्यो महत्त्वपूर्ण कुरा हुने बताए।
इजरायली अधिकारीहरूका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह (हमास)सँग २४० भन्दा बढी इजरायली बन्धक छन्।