सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुटाइएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ।
टिकटकलाई सोमबारबाटै नेपालभर बन्द गराउन प्राविधिक तयारी थालिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
अनियन्त्रित रूपमा आयात भएको भारतीय फूलका कारण नेपाली किसानले यसपालि तिहारमा आफ्नो उत्पादनको लागतसमेत उठाउन नसकेको पुष्प व्यवसायीहरू बताउँछन्।
भोजपुर नगरपालिका–८ स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा प्रहरी र स्थानीयसहित २८ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कृषकले उत्पादन गरेको २० लाख रुपैयाँ बराबरको सयपत्री फूल संकलन गरेर बजारीकरणमा सहयोग गरेको छ।
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति म्यानचेस्टर सिटी र चेल्सीले ४–४ गोलको बराबरी खेलेका छन्।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको हो। देशभित्रको माग पूरा भई बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।
तिहार शुरू भएसँगै घर, व्यापारिक मल, पसल, सडक, मठमन्दिर पनि झिलिमिली बत्तिले सजिएका छन्।
कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन्।
भूकम्पले जाजरकोट र रूकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्याएको छ।
बांग्लादेशमा सञ्चालित तयारी पोसाक कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई पोसाक आपूर्ति गर्दछन्। तर यस क्षेत्रमा कार्यरत ४० लाख श्रमिकमध्ये अधिकांशको स्थिति दयनीय छ।
नवलपरासीको देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ।
यो वर्ष चितवनमा गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा फूलखेती गरिएको छ। कतिपय स्थानीय तहले सहयोगसमेत गरेपछि १२० किसानले ३४ विघामा फूल लगाए। तर उचित बजार र मूल्य भने पाउन सकेनन्।
गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
गृहमन्त्री श्रेष्ठले उपलब्ध स्रोतसाधनले भ्याएसम्म राहत पठाउने काम भइरहेको, आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरू पनि उपलब्ध गराइएको सुनाउँदै अस्थायी आवास बनाउन पनि ढिलाइ नहुने बताए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ।
नवलपरासीको देवचुली नगरपालिका–९ मा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये चारको पहिचान खुलेको छ।