AnonymousUser

Logout

भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ दृढताका साथ लड्नुपर्छ : प्रधानमन्त्री

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।

टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ।

ढिलो–चाँडो उच्च तहका नेताहरूको सम्पत्ति छानबिन हुन्छ: कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला–ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानूनी दायरामा ल्याइने बताएका छन्।

वेस्ट इन्डिजको टोलीमा हेटमायर र थोमसको पुनरागमन

वेस्ट इन्डिजले भारतविरुद्धको ३ खेलको एक दिवसीय सिरिजका लागि घोषणा गरेको टोलीमा ब्याटर शिमरोन हेटमायर र फास्ट बलर ओशाने थोमसले पुनरागमन गरेका छन्।

मंगलबार नेप्सेसँग घट्यो कारोबार रकम

नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा सीमित भएको छ। यस दिन नेप्सेसँग कारोबार रकम पनि घटेको छ।

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

विगत तीन वर्षदेखि बर्सेनि बर्खामा सास्ती दिने बागलुङ नगरपालिका–१० भकुन्डे दब्लाङको पहिराको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ।

मणिपुरको वास्तविकता सार्वजनिक गर्न माग गर्दै लोकसभा बैठकमा विपक्षीको विरोध

मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ। 

एमबाप्पे भित्र्याउन आधा दर्जन क्लब इच्छुक

गत महिना एमबाप्पेले पीएसजीसँगको आफ्नो सम्झौता लम्ब्याउन नचाहेको बताएका थिए। पीएसजीले एमबाप्पेको निर्णयप्रति निराशा व्यक्त गर्दै उनलाई यो सिजन बेच्ने निर्णय गरेको छ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समिति बैठकको निर्णयबारे छलफल हुने

११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने कांग्रेसले जनाएको छ।

हिँड्दाहिँड्दै टुंगिने काठमाडौँ उपत्यकाका फुटपाथ

शहर कस्तो छ भन्ने तस्वीर त्यहाँ पैदलयात्री हिँड्ने फुटपाथ कति व्यवस्थित छन् भन्ने कुराले देखाउँछन्। काठमाडौँ उपत्यका त्यसको उदाहरण हो जहाँ पैदलयात्रीका लागि बनाइएका फुटपाथ हिँड्दाहिँड्दै हराउँछन्।

ओली र सीसीपीका नेताबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल 

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमालेले जनाएको छ।

क्यामरुनमा ४ तले भवन भत्किँदा ३७ जनाको मृत्यु, २१ घाइते

भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। तीमध्ये तीन वर्षीया बालिका र १९ वर्षीया युवतीको मृत्यु भएको छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा 

यसअघि न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। 

लुम्बिनीमा भारी वर्षा: तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

तिनाउ नदीमा आएको बाढीका कारण रुपन्देहीका तटीय क्षेत्रका बस्ती प्रभावित हुने जोखिम बढेको छ। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, सुन तस्करीमा कसको संलग्नता छ उहाँले प्रस्ट पार्नुपर्छ: ओली 

सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ।

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

वरिष्ठ सई उज्ज्वल पौडेल सोमबार राति ११:३० बजेतिर कार्यालय छेउको होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

कमलामा काठे पुलको भर: कहिले बन्छ पक्की पुल?

हुलाकी राजमार्गस्थित सिरहा र धनुषा जोड्ने कमल नदीमाथिको पुल १२ वर्षदेखि निर्माणाधीन छ। पुल नहुँदा बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई सास्ती हुने गरेको छ।

प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी हसिनाबीच भेटवार्ता

दुई प्रधानमन्त्रीबीच कृषि, जलविद्युत्‌को क्षेत्रमा सहकार्य गर्ने तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ।

गण्डकीका १६ वटा सडक र पुल वर्षौंदेखि अलपत्र

कतिपय सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थाल्ने मन्त्रालयले तयारी गरेको छ।