AnonymousUser

Logout

महिला क्रिकेट टोलीका कप्तान इन्दु र प्रशिक्षक मनोजको 'पहिलो परीक्षा'

हङकङमा बुधबारबाट चार देशीय टी२० श्रृंखला खेल्न गएको नेपाली टोलीमा कप्तान र प्रशिक्षक दुवै नयाँ छन्। यो प्रतियोगिता कप्तान इन्दु बर्मा र मुख्य प्रशिक्षक मनोज कटवालका लागि 'पहिलो परीक्षा' हुनेछ।

जुवा खेलिरहेका १७ जना काठमाडौँको साँखुबाट पक्राउ

प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट मंगलबार चार लाख तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो। 

प्रधानमन्त्रीको दाबी– सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो

प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका छन्। 

धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु

मंगलबार बिहान जनकपुरबाट जयनगर जाँदै गरेको रेलले किच्दा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शंखधर साख्वा इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति: प्रधानमन्त्री

प्रधानमन्त्रीले दाहालले नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने भ्रम रहेको र यसलाई चिर्न आवश्यक रहेको बताए।

भेरी अस्पतालबाट निको भएर घर फर्किए भूकम्पका ४८ घाइते

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी मात्र नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्।

निःस्वार्थ भावले समाजको उन्नतिका लागि अग्रसर हुनुपर्नेमा राष्ट्रपतिको जोड

नेपाल संवत् ११४४ प्रारम्भ भएका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्ने बताएका छन्। 

मुस्ताङवासीका लागि कोरला नाका खुला, चीनको नेचुङसम्म आवतजावत गर्न पाउने

कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ।

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

जाजरकोट भूकम्प : गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित

जाजरकोट भूकम्पबाट सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।

इन्धन अभावले उत्तरी गाजाका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रवाह गर्न असमर्थ भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

व्यापारी भन्छन्– महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडा पनि उठेन

भृकुटीमण्डपको स्टलमा फूल बेच्न आएका किसान तथा व्यापारीले निश्चित ठाउँ तोकेर फूल बेच्न दिनु राम्रो भए पनि ठाउँबारे समयमै प्रचारप्रसार नहुँदा व्यापार हुन नसकेको गुनासो गरेका छन्।

दशैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

च्याङ्ग्रा व्यापारी मीनबहादुर गुरुङले भने– ‘यसपालि आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झन्डै भए एक महिना गाउँमै दाना पानी खुवाएर पालेँ।’

पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त

बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्।

सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउँछ? 

सामाजिक सञ्जालको दुरूपयोग गरी गलत र भ्रमपूर्ण सूचना फैलाउने प्रवृत्ति बढेकाले त्यसलाई नियमन गर्न निर्देशिका जरुरी रहेको सरकारको दाबी छ। तर यसको जग नै गलत भएको कानूनविद्को आरोप छ। 

भूकम्पपीडितलाई युद्धस्तरमा सेवा दिन सरकारसँग झलनाथ खनालको माग

एकीकृत समाजवादीका सम्मानित नेता खनालले भूकम्पबाट प्रभावितहरूको अवस्था बिग्रिन नदिन सरकारले युद्धस्तरमा काममा लाग्नुपर्ने बताएका छन्।

नेताहरूका घरमा किसानको देउसी भैलो (तस्वीरहरू)

पछिल्लो समय नेता, रोजगारदाता, पेसा–व्यवसायी संगठनका अगुवाहरूका घरघरमा पुगेर देउसी भैलो खेल्दै रमाइलो गर्ने प्रचलन बढेको छ। भक्तपुरमा किसानहरूले नेताहरूका घरमा देउसी भैलो खेलेका छन्।

टिकटक प्रतिबन्धको निर्णय : मन्द समर्थन, चर्को विरोध

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। सरकारको निर्णयको विरोध जनाउँदै आएका प्रतिक्रियाभन्दा समर्थन मन्द देखिन्छ।

भाइटीका लगाउन घर पुगेका दाजुले बचाए दुई बहिनीको ज्यान

शुरूमै ढुंगाले लागेपछि आयुष ब्युँझिए। बहिनीहरू पुरिइसकेका थिए। बत्ती पनि थिएन। बोलाउँदा सानी बहिनीको आवाज आयो, छाम्दा ठूली बहिनीको खुट्टा भेटे। काठमाडौँबाट भाइटीका लगाउन गएका उनले दुवै बहिनी बचाए।

एशियाडमा रजत पदक विजेता एरिका गुरुङ सम्मानित

एशियाली खेलकुदमा रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई सम्मान गरिएको छ।