दरबारमार्ग र ठमेलको रात्रिकालीन व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले समयसीमा तोकेर रोक लगाएको हो। तोकिएको समयपछि व्यवसाय खोलेमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।
दार्चुलामा जिप दुर्घटना हुँदा नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीसहित दुई जना घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ।
तिलक आफ्नै कम्पनीबाट उच्च मूल्य दिएर किसानका रैथाने उत्पादन किन्छन्। यसबाट जिल्लाजिल्लाका किसान लोपोन्मुख बालीतर्फ आकर्षित हुनुका साथै कृषि जैविक विविधताको पनि संरक्षण भएको छ।
बैंक अफ कोरियाको अध्ययनअनुसार उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने सम्भावना उच्च छ।
छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौँका कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानमा पूजास्थल बनाइँदै छ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले औपचारिक कार्यक्रमबाहेकका एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरबारे नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए।
नेपालले दिएको ५७ रनको विजयी लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो।
सरकारले सरोकारवालासँग समन्वय नगरी हतारमा सस्तो लोकप्रियताका लागि मात्रै शुरू गरिएकाले यो सेवा भद्रगोल भएको यात्रुको गुनासो छ। २५ वटाबाट शुभारम्भ गरिएको सेवामा आबद्ध बसको संख्या घटेर १२ मा झरेको छ।
केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आकलन गरेको छ।
कमल बजारबाट दैलेखतर्फ जाँदै गरेको ट्याम्पो बुधबार राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।
बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुगिन्छ। ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र दछिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल आइतबार हुनेछ।
बाँकेको नेपालगन्जमा बुधबार मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्।
बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्।
सरकारले सिँचाइको सुविधा र आवश्यकताअनुसार रासायनिक मलखाद बेलैमा अनुदानमा उपलब्ध गराइदिए नेपाली युवा रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनीहरूको भनाइ छ।
दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको अञ्जली दिदी (मास्के)को भनाइ छ।
भारत नियन्त्रित जम्मु–कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।