AnonymousUser

Logout

सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ। त्यसअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो।

बाढी–पहिरोले देशभरका ४ राजमार्ग पूर्ण अवरुद्ध, खुलाउने प्रयास जारी

तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिरो नरोकिएकाले समस्या भइरहेको छ। 

सर्लाहीमा बाढीले बगाउँदा २ जनाको मृत्यु, ७२ को उद्धार

सर्लाहीको धनकौल गाउँपालिकास्थित महिनाथपुरका स्थानीय मंगलबार दिउँसो घाँस काट्न जानेक्रममा बागमतीको बाढीमा फसेका थिए। फसेकामध्ये ७२ जनाको साँझ प्रहरीले उद्धार गरेको छ।

महोत्तरीमा बाढीले बगाउँदा युवक बेपत्ता

मरहा खोला तर्ने क्रममा बाढीले बगाएर सोनम गाउँपालिका–३ का जाबिर अन्सारी बेपत्ता भएका छन्।

आदिवासी जनजाति दिवस मनाइँदै, आदिवासी युवाको सशक्तीकरणमा जोड

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष अगस्ट ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने निर्णय गरेको थियो। 

कस्तो रहनेछ बुधबारको मौसम?

बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। 

‘जलविद्युतका समस्या समाधान गर्न दलका साझा धारणा र प्रतिबद्धता आवश्यक’

सांसदहरूले जलविद्युतका समस्या समाधान गर्न सबै राजनीतिक पार्टीहरूका बीचमा प्रतिबद्धता जनाउने फोरम आवश्यक रहेको बताएका छन्।

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

सोमबार रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्। 

काठमाडौँको डुबान– खोला बस्तीमा पस्यो कि बस्ती खोलामा बस्यो? 

‘पहिले नदी–खोला जति चौडा हुन्थे, त्यसलाई खुम्च्याएर दायाँ र बायाँ दुवैतिर घर बन्न थाले। अरू संरचना बने। सडक बने। अनि साँघुरिएका नदी–खोलाले पनि बग्ने ठाउँ खोजे।’

गैरआवासीय नेपालीले ५ अर्बमा किने भैरहवाको पाँचतारे टाइगर प्यालेस

गैरआवासीय नेपालीले पाँच अर्ब रुपैयाँमा भैरहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्।

एएफसी कप : पारोमाथि मछिन्द्रको जित, प्लेअफ प्रवेशका लागि मोहन बगानसँग खेल्ने

भुटानको पारो एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कपको दोस्रो चरणमा पुगेको छ। मछिन्द्रले अब दोस्रो चरणमा मोहन बगानसँग अगस्ट १६ मा खेल्ने छ।

संघीय शिक्षा विधेयकविरुद्ध आन्दोलनमा निजी विद्यालयका सञ्चालक

शिक्षा विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

सरकारले पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। 

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्म स्थगित

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले नाराबाजीसहित अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन्।

सुन तस्करी प्रकरणले देशको छविमा असर पुर्‍यायो, हरहालमा दोषीलाई कारबाही गर्छौं : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणले राष्ट्रको प्रतिष्ठा र छविमा नकारात्मक असर पुर्‍याएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने आफ्नो पहिलो कार्यभार रहेको बताएका छन्।

एएफसी कप : पहिलो हाफमा मछिन्द्रलाई दुई गोलको अग्रता

मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको पहिलो हाफमा भुटानको पारो एफसीविरुद्ध दुई गोलको अग्रता लिएको छ। मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे।

विश्वप्रकाश शर्माको प्रश्न– संविधानले बलियो बनाएका संस्थाहरूप्रति किन अविश्वास?

कांग्रेस महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा,सुशासन ल्याउने कुरामा राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।

देवेन्द्र पौडेलले भने– सुन तस्करी प्रकरणबारे जारी छानबिनको निष्कर्ष आउन्जेल धैर्य गरौँ

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको छानबिन निष्कर्षमा नपुगुन्जेल अर्को समिति आवश्यक नभएको बताएका छन्।

किसानका मर्का बुझेको स्थानीय तहः कृषि उपजको बजार खोजिदिन्छ, कृषि एम्बुलेन्समै राखेर बजारसम्म पुर्‍याइदिन्छ

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले खेतबारीबाटै अन्न तथा तरकारी बजारसम्म पुर्‍याएर किसानलाई बजारीकरणमा सहयोग गरिरहेको छ। यसबाट उत्पादन नबिकेर खेर फाल्नुपर्ने किसानको बाध्यता अन्त्य हुँदैछ।

योगेश भट्टराईको प्रस्ताव : उच्चस्तरीय छानबिन समिति बनाउने/नबनाउनेबारे भोटिङ गरौँ 

एमाले सांसद योगेश भट्टराईले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो टेबुल अगाडिको सुन प्रकरणको फाइल नदेख्दा शंका लागेको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।