६ महिना रहने गरी उपलब्ध गराइएको स्थानमा पक्की घर निर्माण, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएकाले हटाउन लागिएको डिभिजन वन कार्यालय, चितवनले जनाएको छ।
सोमबार नौ वटा समितिका सभापति र समिति–सचिवबीच विचाराधीन विधेयकको अवस्था र समितिको भावी कार्ययोजनाबारे सभामुख घिमिरेले छलफल गरेको संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरीले जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए।
निजी क्षेत्रले सामाजिक सुरक्षा कोषजस्ता रकम संकलन हुने कोषको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताएको छ।
प्रधानमन्त्री दाहालले वर्तमान परिवर्तनका बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पछाडि फर्काउन नसक्ने दाबी गरे।
गुजरात टाइटन्सले आईपीएलका लागि शुभमन गिललाई कप्तान नियुक्त गरेको छ। २४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएल करियर शुरू गरेका थिए।
आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डिजिटल राइटको नाममा डिजिटल हिंसा बढ्दा राज्य, प्रविधि र कानूनबीच असन्तुलन देखिएको बताएका छन्।
आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको हो।
ढुंगानाले घरेलु तथा साना उद्योगसम्बन्धी ऐनमा धेरै अस्पष्टताहरू रहेकाले यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उत्तरकाशीको सिल्क्यारा सुरुङको मुख्य द्वारनजिक मन्दिरको निर्माण गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सोमबार दिउँसो साढे दुई बजे त्यहाँ हवन पूजा गरिने बताइएको छ।
दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति डार्ट गरी नियन्त्रणमा लिइएको हो।
१० लाख रुपैयाँ लागतमा बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा यस्तो प्रविधिको जेब्रा क्रसिङ राखिएको हो।
अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।
मकवानपुरगढी गाउँपालिकाले विद्यालयमा रैथाने बालीको खाजालाई अनिवार्य मात्र गरेको छैन, खेती गर्ने किसान र बजारीकरण गर्ने सहकारीलाई अनुदान पनि दिएको छ। जसकारण बाँझो जोतेर पनि कोदो लगाउन थालिएको छ।
नर्सको छनोटका लागि आईएलटीएसमा सात अंक ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो।
भूकम्पले घर भत्काएपछि अस्थायी आवासको व्यवस्थापन हुन नसक्दा बिरामी, वृद्धवृद्धा तथा बालबालिकाले ज्यान गुमाइरहेका छन्।
बैठकमा सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए।
आइतबार राति भएको खेलमा काडिजलाई ३–० गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लेको हो।