सिरियाको दक्षिणी प्रान्त दारामा राष्ट्रपति बसर अल–असदको शासनविरुद्ध विद्रोह चर्किरहेको छ। सोही स्थानमा बम विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो।
राति कञ्चनपुरको शान्तिपुर–बेलौरी आसपास अति भारी वर्षा भएकाले सुहेली, चौधरलगायत साना खहरे खोलाहरूमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता हुनसक्ने भन्दै उनीहरूमाथि पनि छानबिन गर्न उच्चस्तरीय समिति नै चाहिने प्रमुख प्रतिपक्षले बताइरहँदा सत्तापक्ष यो मान्न तयार छैन।
फाइनलको दुई दिनअघि शरीर जाँच र फोटोग्राफीका लागि भन्दै प्रतिस्पर्धीलाई कपडा खोल्न लगाइएको दाबी गरिएको छ। मिस युनिभर्सको फाइनल प्रतिस्पर्धा अगस्ट ३ मा भएको थियो।
पोखरा महानगरले १ करोड ४० लाख रुपैयाँ लागतमा अत्याधुनिक शौचालय बनाउने सम्झौता गरेको थियो। तर लेकसाइडस्थित भीएनवाई पार्क मासेर शौचालय बन्ने भएपछि स्थानीय विरोधमा छन्।
आव २०७९/८० को अन्त्यसम्ममा मुलुकको कुल ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ। त्यसमा प्राधिकरणको हिस्सा ९५.०३ प्रतिशत छ।
जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। १४० वर्षयता रेकर्ड गरिएको सबैभन्दा ठूलो वर्षापछि आएको बाढी र डुबानले व्यापक क्षति गरेको छ।
सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा दोषी ठहर्याए पनि राष्ट्रपतिबाट माफीमिनाहा पाएर जेलमुक्त भएका रेशम चौधरीका पछिल्ला बोली र व्यवहारले उनका समर्थकहरु नै आलोचक बनिरहेका छन्।
त्रिभुवन आर्मीका लागि खेलको ३९ औँ मिनेटमा दिनेश हेन्जनले गोल गरेका थिए। तर ८८औँ मिनेटमा आई लिग क्लब दिल्ली एफसीका लागि गिरिक खोस्लाले गोल फर्काएका थिए।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।
काठमाडौँ महानगरले सबैभन्दा बढी आन्तरिक राजस्व घरबहाल करबाट उठाएको छ। गएको आर्थिक वर्ष बहाल कर २ अर्ब ५६ करोड रुपैयाँ उठेको छ।
नारायणगढ–मुग्लिन सडक खण्डमा कुनै पनि दल वा संगठनलाई पहिरो पन्छाउन सहयोग नमागिएको र सहयोग गर्न स्वीकृति पनि नदिइएको चितवनको प्रजिअले सूचना जारी गरेर स्पष्ट पारेका छन्।
भारतका विभिन्न ठाउँका 'टोले' प्रतियोगिताका लागि पैसाको लोभमा कतिपय रेफ्री तथा खेलाडी त्यता पुगिरहेका छन्। तर गुणस्तरहीन मैदान, रफ खेल र झगडाको सम्भावनाले जोखिम हुने खेलाडी नै बताउँछन्।
संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। छिट्टै सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।
पटक–पटक आग्रह गर्दासमेत एमाले सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन्। अर्को बैठक साउन २६ गते बस्नेछ।
रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी छन्।
कारागारमा झडप हुँदा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभा मादी घरका विनोद तोलांगीको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।
बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्।
प्रहरीका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिलाको शव फेला परेको हो। यससँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।