AnonymousUser

Logout

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार मेलाले पछिल्लो समय सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए।

२५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया अघि नबढे विकल्प रोज्ने प्रदेश सरकारहरूको संयुक्त चेतावनी

प्रदेश मन्त्रीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर संघीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउने प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका छन्।

घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेशमा, क्यालेन्डर बनाउन मुख्य प्रशिक्षकलाई कुर्दै क्यान

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई डिसेम्बर मध्यमा नेपाल फर्किने छन्। नेपाललाई दोस्रो पटक विश्वकपमा छनोट गराएर छुट्टीमा भारत गएका उनी आएसँगै नयाँ क्यालेन्डर बनाइने क्यानको भनाइ छ।

जोखिम बढेपछि गौरमा सडक किनारबाट माटो झिक्न रोक

सडकको सौन्दर्य गुमेको, दुर्घटना बढाएको र मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि नगरभित्रका सडक किनारमा जथाभाबी खन्न प्रतिबन्ध लगाइएको गौर नगरप्रमुख शम्भु साहले जानकारी दिए।

पूर्वी नाकाबाट २ अर्ब ५९ करोडको चिया र सवा अर्बको अलैँची निर्यात

पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपका बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्। पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ।

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

अस्ट्रेलियामा १४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ।

केपी ओली कप: समूह चरणबाट बाहिरिए पुलिस र सुदूरपश्चिम 

समूह ‘सी’को अन्तिम खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको छ।

सुनको मूल्य हालसम्मकै उच्च 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

उर्लाबारी आगलागीः उपचारका क्रममा थप १ घाइतेको मृत्यु 

आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति उपचारका क्रममा मृत्यु भएको छ। 

माडीको वैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि चितवनको माडीस्थित वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ।

कृषि पढ्ने विद्यार्थी घटे, पाठ्यक्रम परिमार्जन गर्ने तयारी

प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागिएको छ। हालसम्म प्रयोगात्मक ३७ र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ४५ प्रतिशत पुर्‍याउने तयारी छ।

सरकारले बजेट दिएन, श्रमदानबाट नहर सफा गर्दै किसान

२०५८ सालमा सञ्चालनमा आएको भुर्षा सिँचाइ नहर मर्मतमा पछिल्लो समय सरकारले बजेट  विनियोजन गरेको छैन। त्यसैले किसान आफैँ मर्मत तथा सरसफाइमा जुटेका छन्।

भूकम्पको प्रभाव: जाजरकोटमा १ हजार ७६ सुत्केरी त्रिपालमुनि

भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको भीड नै लागेको छ।

गाजामा जारी युद्धविराम थप २ दिन बिस्तार

इजरायल र हमासबीच गाजामा शुरू भएको चार दिने युद्धविराम मंगलबार सकिँदै थियो।

कस्तो रहनेछ मंगलबारको मौसम?

देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु

भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु भएको छ। गुजरातका केही क्षेत्रमा २४ घण्टाको अवधिमा १४४ मिलिलिटरसम्म वर्षा भएको बताइएको छ।

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाँदै

प्रधानमन्त्री दाहालले डिसेम्बर १–२ मा आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप उपलब्ध गराउने

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपीभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपीभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए।

नेपाल सुपर लिग : अमथको गोलमा इलामको पहिलो जित

नेपाल सुपर लिगअन्तर्गत दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा इलामले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ।

उपरथीमा बढुवा भएका सिलवालले लगाए दर्ज्यानी चिह्न

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।