AnonymousUser

Logout

झापा एफसी र काठमाडौँ रेजर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ। झापा भने तीन खेलबाट दुई अंकसहित आठौँ स्थानमा छ।

एनसेलको शेयर खरिद–बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री कानूनसम्मत भए नभएको यकिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

राज्यविरुद्धको मुद्दामा चन्दसहित चार जनालाई पक्राउ पुर्जी

काठमाडौँ जिल्ला अदालतले राज्यविरुद्धको मुद्दामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित चार जनालाई पक्राउ गर्न पुर्जी जारी गरेको छ।

आर्थिक निराशाको आम मनोविज्ञानमा कसले गर्दै छ अराजकताको खेती?

‘आर्थिक विचलनको प्रभावमा टेकेर विभिन्न पक्षले आफ्नो अभीष्ट पूरा गर्न सरकार र व्यवस्था दुवैप्रति प्रश्न उठाइरहेका छन्। नयाँ र पुरानो लोकरिझ्याइँको टक्करमा जनताप्रति जवाफदेही राजनीतिको भने अभाव छ।’

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ठाउँ छुट्टाउन सरकारसँग रेडक्रसको माग

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि क्षेत्र छुट्टाइ काम गर्न दिए उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालको भनाइ छ।

हिमपातले अवरुद्ध बन्यो मध्यपहाडी लोकमार्ग

बागलुङ निसीखोला र पूर्वीरूकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

हात्तीको आक्रमणबाट मोरङमा साइकलयात्रीको मृत्यु

केही दिनयता मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाइसकेका छन्।

माथिल्लो मुगुम र रारा क्षेत्रमा हिमपात, दैनिक उपभोग्य वस्तु अभावको चिन्ता

अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए।

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओली दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउँछन्।

नेप्सेको ओरालो यात्रा कायमै, सोमबार १ अर्बको शेयर कारोबार

सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता शेयर ४३ हजार ४२८ पटक खरिदबिक्री हुँदा एक अर्ब १९ करोड रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ।

एनसेल खरिदबिक्रीको अनुसन्धान गर्न संसदीय समितिमा सांसद श्रेष्ठको पत्र

आजिआटाले निकालेको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा सोको प्रतिकार गर्न आवश्यक रहेको सांसद सुमना श्रेष्ठको भनाइ छ।

यू१९ एशिया कप: नेपालको समूहमा तीन टेस्ट राष्ट्र, इतिहास दोहोर्‍याउने लक्ष्य

नेपालले ६ वटा यू१९ विश्वकप खेल्दा पाँच वटा टेस्ट राष्ट्रलाई पराजित गरेको उदाहरण छ। सन् २०१७ को यू१९ एशिया कपमा समूह चरणमा भारतलाई पनि हराएको थियो। यसपटक नेपाल त्यही सफलता दोहोर्‍याउने लक्ष्यमा छ।

घट्दै वैदेशिक विकास सहायता, बढ्दै बजेट बाहिरको खर्च

विकास सहायताका रूपमा गैरबजेटरी आउने रकम विकास निर्माणका काम र परिणाम देखिने ठाउँमा भन्दा तालिम, गोष्ठी, कर्मचारीको विदेश भ्रमणलगायतमा खर्च हुने पूर्वमहालेखा परीक्षक सुकदेव भट्टराई खत्री बताउँछन्।

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको छ।

शीतगृहमा राखिएको एक करोड रुपैयाँ भन्दा बढीको फूल नष्ट

तिहारमा बिक्री गर्ने भनेर भण्डारण गरिएका फूल बिक्री भएनन् र अहिले कुहिन थालेपछि नष्ट गरिएको हो।

अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः ओली

चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उनले बताए।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ।

सुनको भाउ लगातार बढ्दै, तोलाको १ लाख २१ हजार नाघ्यो

आइतबारको भन्दा ८ सय रुपैयाँले बढेको छ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ बेपत्ता

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता भएका छन्।

हुम्लाको सदरमुकाम सिमकोटमा यो वर्षकै पहिलो हिमपात

माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।