AnonymousUser

Logout

पेरिस सम्झौता कार्यान्वयनमा ढिला गर्नु हुँदैन: प्रधानमन्त्री

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताए। 

उकालोकर्मी त्रिपाठीलाई नाफिज–कृषि पत्रकारिता पुरस्कार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।

जसरी भए पनि निर्माण व्यवसायीको भुक्तानी दिन्छौँँ: मन्त्री ज्वाला

अहिले अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको मन्त्री ज्वालाको दाबी छ।

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, १ घाइते

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगो लगाइदिएका छन्।

आधुनिकतामा समाहित हुँदै काँठ क्षेत्र [तस्वीरहरू]

आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको छ। यहाँको हरियाली अब फाट्टफुट्ट मात्रै देख्न सकिन्छ।

लागु औषधविरुद्ध जनचेतना जगाउन प्रहरीको ‘लालटिन अभियान’ 

हुम्ला, मुगुलगायत हिमाली जिल्लामा पनि लागुऔषध ओसारपसारको जालो फैलिन थालेपछि लालटिन अभियानमार्फत गाउँ–गाउँमा जनचेतना फैलाउन थालिएको छ। 

दक्षिण कोरियाले गर्‍यो जासुसी उपग्रहको सफल प्रक्षेपण

दक्षिण कोरियाले क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासुस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। 

पूर्वी नेपालमा बढ्यो  हात्ती आतङ्‌क

हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी–११ लक्ष्मीमार्गको केशलिया पुलमा बिहीबार साँझ सडक जाम भएको थियो। हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो।  

भारतले १ खेल अगावै जित्यो अस्ट्रेलियासँगको सिरिज

१७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनायो। 

कस्तो रहनेछ शनिबारको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्... 

आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।

भूकम्पको भयले अझै सहज हुन सकेन पठनपाठन

भूकम्पको डरत्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालयमा उपस्थित भएको केही समयमै घर फर्किन खोज्नेजस्ता समस्या विद्यार्थीमा देखिएको प्रधानाध्यापक दीपकसंगम थापाको भनाइ छ।

चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समितिलाई चुरे संरक्षणका लागि दीर्घकालीन समाधानका उपाय खोजेर काम गर्न निर्देशन दिएका छन्।

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु, ३ घाइते

इलाममा माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

रक्षामन्त्री र अर्थमन्त्रीबीचको बेमेल बाहिरिँदै, मञ्च ‘शेयर’ गर्नसमेत अस्वीकार 

एक वर्ष अघिदेखि बढ्नथालेको बेमेल कार्यवाहक प्रधानमन्त्री बनेका खड्काले बिहीबार महतलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा भएको भनाभनको कारण सतहमै प्रकट हुनथालेको देखिन्छ।

भुटानी शरणार्थी प्रकरण: ९ जना थुनामै रहने, ८ जनासँग धरौटी माग्दा २ जना साधारण तारेखमा रिहा

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री रायमाझीसहित ९ जनालाई थुनामै राख्न, ८ जनालाई धरौटीमा र २ जनालाई तारेखमा छाड्न आदेश दिएको छ भने खाँडको विषयमा न्यायाधीशको राय बाझिएको छ।

ऋणीसँग कुनै बैंकले बढी ब्याज लिए ‘स्टेटमेन्ट’ लिएर आउनूस् : गभर्नर

आर्थिक शिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने र यस्तो बेला बैंकहरूले प्रोभिजन बढाउनुपर्ने भएकाले राष्ट्र बैकले कडाइ गरेको गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ।

लिग–२ मा नेपालको पहिलो श्रृंखला घरेलु मैदानमा, नामिबिया र नेदरल्यान्ड्स प्रतिद्वन्द्वी

आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो श्रृंखलामा नेपालले नामिबिया र नेदरल्यान्ड्सलाई प्रतिस्पर्धीका रूपमा पाएको छ।

मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

मधेश प्रदेशले दिएको १३६ रनको लक्ष पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ बनाउन सक्यो। 

टोपबहादुर रायमाझीलाई थुनामै राख्न उच्च अदालतको आदेश, बालकृष्ण खाँडबारे राय बाझियो

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ भने बालकृष्ण खाँडको विषयमा न्यायाधीशको राय बाझिएको छ।