आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालमा चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहेको तर उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिए।
कुल ९५ लाख पाँच हजार ६०८ कित्ता शेयर दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।
चितवनमा यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। ४.२६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।
सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारंगा सुवेदीका नाममा ६, टेकप्रसाद ढुंगानाका नाममा ३ र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।
जलवायु परिवर्तनबाट प्रभावित देशलाई राहत, क्षतिपूर्ति तथा पुनर्स्थापना गर्न कोप–२८ बाट हानि नोक्सानी कोष सञ्चालनको घोषण गरिए पनि प्रभावित समुदायले क्षतिपूर्ति पाउने सुनिश्चित भइसकेको छैन।
प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा थप सुधारका लागि सरकारले ‘केही नयाँ घोषणा’ गर्ने तयारीमा गरिरहेको बताएका छन्।
काठमाडौँ महानगरले फोहोर व्यवस्थापनमा देखाएको उदासीनताले जुनसुकै बेला पनि रोकिने अवस्था रहेको महर्जनको दाबी छ।
आगलागीमा परेर घाइते भएका ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया रिता सरदारको उपचार भइरहेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।
बालुवाटारमा भएको शिष्टाचार भेटमा आपसी हित र सहकार्यका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गाउँमा उत्पादन भएको आलु संकलन गरेर जिमुहाँ शीतभण्डार सहकारी संस्थाले बिउका रूपमा बिक्री गरेको हो। २८४ जना कृषकले भण्डारण गरेको ४०० टन आलुको बिउ बिक्री भएको छ।
इटाली सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो। यो परियोजना मार्च २०२४ मा सकिँदै थियो।
प्रहरी कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ। गोली चल्नुको कारण भने खुलेको छैन।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा एस्टन भिल्लाले साबिक विजेता म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने समझदारी पत्रमा उल्लेख छ।
आरती साहका ससुरासँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसअघि उच्च अदालत जनकपुरले ससुरा र श्रीमान्लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
पोखरासँगै जारी लिगमा अपराजित रहने टोली धनगढी एफसी, ललितपुर र काठमाडौँ रेजर्स हुन्। पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएसँगै धनगढी दोस्रो स्थानमा झरेको छ।
उपत्यकामै कार्यरत दुईजना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको प्रहरीले जनाएको छ।
निर्वाचित संसद्ले वर्षदिन पार नगर्दै नयाँ–पुराना दुवैथरी दल र तिनका नेताहरूले चार वर्षपछाडिको आवधिक चुनावलाई लक्षित गर्दै 'मिसन ०८४' भन्नुको अन्तर्य के हो?