रुकुम जिल्ला अदालतले चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
‘छक्का र चौका हान्ने सुरमा चाहिँ सबै कुरा नगुमाउनू। म क्रिकेट खेलाडी होइन, तर मैले हेर्दा छक्का र चौका हान्ने सुरले नेपाली टोली चुकेको जस्तो लाग्छ,’ मन्त्री लिम्बूले भने।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएका माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए।
नेकपा एकीकृत समाजवादीले आगामी माघमा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएपछि करिब चार महिनापछि सारेको छ।
मंगलबार विशालबजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ।
विश्वव्यापी तापक्रम वृद्धिबाट जलवायु परिवर्तन हुँदा मानव समुदायको आधारभूत आवश्यकतामा पर्ने पानीको व्यवस्थापन सबैभन्दा बढी प्रभावित भएको छ। तर यो मुद्दा अहिलेसम्म सरकारको प्राथमिकतामा पर्न सकेको छैन।
सुन्तला बेचेर केही आम्दानी गर्ने आशामा रहेका किसान औँसेकीराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेपछि चिन्तित बनेका छन्। पर्वतमा झन्डै ९०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्छ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेताद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीले राष्ट्रियसभाको उम्मेदवार चयनमा असहमति व्यक्त गर्दै फरक मत राखेका छन्।
अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणका बारेमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताएका छन्।
चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्ने स्थानीयको भनाइ छ।
एनसेल आजियाटा लिमिटेडको मुद्दाको सुनुवाइ मंगलबार स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
सन् २०२२ मा मात्रै सवारी दुर्घटनाका कारण थाइल्यान्डमा १५ हजार मानिसले ज्यान गुमाएका थिए।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको जलेर मृत्यु भएको छ। परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको छ।
सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा गत शुक्रबार बेपत्ता भएका थिए।
आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेको हमासले जनाएको छ।
निःशुल्क आँखा शिविरमा आएकामध्ये ७३ जना बिरामीमा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।
२०७७ पुसमा ठुला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ अनुसार एनसेलउपर ५७.९ अर्ब रुपैयाँ आयकर दाबी गरेको थियो।
कोशी र लुम्बिनीसहित देशभरका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।
परराष्ट्र मन्त्रालयले रुसी सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गर्नुका साथै सेनामा भर्ना भएका नेपालीहरूलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ।
बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष मणिपुरबाट ६० हजार विस्थापित भएका छन्।