सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ।
माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको कांग्रेस नेता शेखर कोइरालाको आरोप छ। चाँडोभन्दा चाँडो सरकार परिवर्तन गरेर कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।
पाँच वर्षयता थुप्रिँदै गएका ती कन्टेनर अवैध सामान मगाएका व्यापारीले ‘भन्सारलाई मिलाएर’ वा ‘सरकारबाट खुला गराएर’ छुटाउन असफल भएपछि त्यत्तिकै छाडेको हुन सक्ने अनुमान गरिएको छ।
संवैधानिक इजलासले आन्तरिक राजस्व विभागले गरेको कर निर्धारणलाई वैध ठहर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। अदालतको फैसलासँगै १५ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्ने उनको भनाइ छ।
ललितपुर महानगरअघि उभिन पुगेका ईःमाथिको आक्रमण प्रयासले देशको मानवअधिकारको अवस्था देखाउने नागरिक अभियन्ताहरू बताउँछन्। ईः भने ‘गरिखान दिनुपर्ने’ आफ्नो माग र अभियान नरोकिने बताउँछन्।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाइ दिएको छ भने सात जना प्रतिवादीलाई जन्मकैदको फैसला भएको छ।
मन्त्रिपरिषद् बैठकले विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको छ।
यसअघि न्यायाधीश जनक पाण्डेले दिएको रायमा न्यायाधीश कृष्णराम कोइराला सहमत भएकाले उनलाई धरौटीमा छाड्ने आदेश सदर भएको हो। अब ३० लाख धरौटी बुझाएमा खाण रिहा हुनेछन्।
प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात घटाएको हुँदा यसमा कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो अथवा कसैले कुटेन जस्ता तथ्य प्रासंगिक नहुने ठहर फैसलामा गरिएको छ।
पार्टीको अभियानका क्रममा धनकुटा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भएको छ।
जापानको शक्तिशाली सत्तारुढ पार्टी एलडीपी संलग्न रहेको चन्दा संकलन काण्डमा चार जना मन्त्रीले राजीनामा दिएका छन्।
अनुसन्धान समितिले १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ भने विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ती चिनियाँ नागरिकसँग ‘वर्क परमिट’ नभएको तथा अनलाइनबाट अवैध कारोबार गरेको पाइएपछि देश निकाला गरिएको फिलिपिन्सले जनाएको छ।
काठमाडौँ महानगरभित्र हरहालतमा सुर्तीजन्य पदार्थमाथि रोक लगाइने महानगर प्रवक्ता नवीन मानन्धर बताउँछन्। तर केन्द्रदेखि स्थानीय सरकारसम्मले विगतमा गरेका यस्तै घोषणा कागजमा सीमित भए।
राप्रपाले बिहीबार संविधानचोकमा महेन्द्रको सालिक राख्ने र आमसभाको तयारी गरेको थियो। सालिक राख्ने कार्यक्रमको अन्य दलले विरोध जनाएका थिए।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), म्याक्स नेट सोलुसन प्राली र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
मीनभवन आसपास सिभिल अस्पताल, नेपाल कमर्स क्याम्पसलगायत सरकारी र निजी संस्थाका कार्यालय छन्। यो प्रायः व्यस्त हुने सडक हो। तर सडक पार गर्ने समय पर्याप्त नहुँदा दुर्घटनाको जोखिम बढेको छ।