मन्त्रिपरिषद् बैठकले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा पेश गर्न आग्रह गरेका छन्।
भौतिक योजना तथा निर्माण मन्त्रालयको कानून शाखामा रहँदा गौतमले आफ्नो कार्य क्षेत्रबाहिर गएर काम गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्न सरकार तयार हुन नसकेको टिप्पणी गरेका छन्।
सांसदहरूले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाउनुपर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको दृश्यले टुरिस्ट गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।
अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ।
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्याउन पनि पाएका छैनन्।
सिरहाको भगवानपुर गाउँपालिकामा १८ महिनामा सक्नेगरी २०७४ असोज ६ सबस्टेसन निर्माणको ठेक्का लागेको थियो। तर, ठेकेदारको ढिलासुस्तीले तस्रोपटक म्याद थप्दासमेत पूरा भएको छैन।
फुटबल, भलिबलजस्ता खेलका राष्ट्रिय प्रतियोगिता खेलिसकेका र राष्ट्रिय टोलीमा परेर पनि बेञ्चमै बस्न बाध्य खेलाडी अवसरको खोजीमा रग्बी खेल्न आइपुगेका छन्।
नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
२०४० सालमा ८६५ रोपनीमा स्थापित उक्त शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह छन्। बाँकी चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
वरिष्ठ रुसी जनरल सर्गेई सुरोविकिनलाई वायुसेना प्रमुखको पदबाट बर्खास्त गरिएकै दिन विमान दुर्घटना भएको हो।
सिन्सिनाटीलाई टाइब्रेकरमा पराजित गर्दै मियामी उपाधि नजिक पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए।
स्याङ्जाको वालिङ–२ ‘छाप्राक’ गाउँ पहिरोको जोखिममा छ। उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।
बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।