नेपालमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ।
कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि आफूले नीतिगत र मौद्रिक पहल गरेको अर्थमन्त्री महतको दाबी छ।
ललितपुरको महाकांल गाउँपालिकामा सडक पुगेपछि धमाधम खुवा उद्योग खुले। किसानलाई दूध नबिकेर घिउ बनाउनुपर्ने बाध्यता भएन। कोम्रोङ र आसपासका किसान अहिले टिनमा घिउ बोकेर चापागाउँ धाउँदैनन्।
स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार १५३ लाभग्राहीले अस्थायी आवास निर्माण गर्ने सम्झौता गरेका छन्। सम्झौता गरेका ती लाभग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेका छन्।
संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका थिए।
वीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन्।
मंगलबार राति जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले पराजित भएसँगै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।
ठेकेदारले जिम्मा लिएको लामो समयसम्म पनि पुल नबन्दा स्थानीय निराश बनेका छन्। अब त पुल बन्नेमा आशंका हुन थालेको लालझाडी–४ का कृष्ण रानाले बताए।
कास्कीको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ।
आश्रितलाई वनसँगको परनिर्भरता हटाउनका लागि ग्यास र चुलो हस्तान्तरण गरिएको हो।
कारागारमा रहेका व्यक्तिको मुद्दा मिलाएर थुनामुक्त गरिदिने भन्दै झन्डै एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ।
अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृह मन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरूले टुंगो लगाउने छन्।
अभियानकर्ताहरूले पुमामाथि इजरायली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजरायली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन्।
बाघ र जंगल बढाउन जोड दिएको सरकारले वनजंगलमा आश्रित समुदायको वैकल्पिक रोजगारीमा ध्यान नदिँदा बाघको आक्रमणबाट मानिसहरूले ज्यान गुमाइरहेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानून बनाउन लागेको बताइन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउन नसक्नुमा प्रमुख/उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरूको विमति रहेको जनाएको छ।
शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको 'एजुकेशन इन्टरनेशनल'ले गरेको अध्ययनको निचोड छ।