AnonymousUser

Logout

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

कर्णालीको उत्पादनशील जग्गासमेत मासिँदै गएको पाइएको छ। खेतीयोग्य जमिन घडरीमा परिणत हुन थालेको छ। पहाडको जग्गा पनि बाँझिन थालेका छन्।

सुर्तीजन्य पदार्थ बेचबिखन निगरानीः मुख्य चोकमा महानगर प्रहरी परिचालन

सार्वजनिक स्थलको १०० मिटर वरपर चुरोट बेच्न र सेवन गर्नसमेत महानगरले प्रतिबन्ध लगाएको छ।

रास्वपाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने– हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ

ईयूले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने मागसहित रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

रास्वपाको महाधिवेशन प्रक्रिया शुरू हुँदै, बिहीबार ७ वडाको अधिवेशन

सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने रास्वपाले जनाएको छ। जसमा एक दलित महिलासहित चार महिला सदस्य अनिवार्य गरिएको छ। त्यस्तै छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।

च्याम्पियन्स लिग: शतप्रतिशत जितसहित म्यानचेस्टर सिटी अन्तिम १६ मा प्रवेश

बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु टोली रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।

मणिपालबाट हराएका बिरामी खोज्न सेतीको ड्याम खोलिँदै

प्रहरीले बिहीबार मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म ड्यामभन्दा तलका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

खोलामा फालिन्छ बुर्तिबाङको फोहोर

देशका १० नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारण फोहोर व्यवस्थापन पनि चुनौती बनेको छ।

कस्तो रहनेछ बिहीबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। 

कोप–२८ सम्पन्न, हानि नोक्सानी कोष परिचालनबाहेकका अजेन्डामा भएन ठोस उपलब्धि

जीवाश्म इन्धन विस्थापनमा ऐतिहासिक सहमति हुने अपेक्षा गरिए तापनि कोप–२८ मा हानि नोक्सानी कोष सञ्चालन र कोषमा रकम जम्मा गर्ने वाचाबाहेक अन्य महत्त्वपूर्ण उपलब्धि हुन सकेनन्।

मिटरब्याजसम्बन्धी कानून र जाँचबुझ आयोगले सुल्झाउन नसकेको जटिलता नियाल्ने एउटा ‘केस’ 

ऋणीसँग जमानतबापत लिएको २१८ बिघा १० कठ्ठा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई जाँचबुझ आयोगले फिर्ता गराए पनि निर्मलकुमारको परिवारबाट साहुले हडपेको साढे ८ बिघा जग्गा त्यसमा परेन।

नेपाल सुपर लिगमा वीरगन्जको पहिलो जित

वीरगन्जले स्पोर्टिङ इलाममाथि २–१ को जित निकाल्दै जारी नेपाल सुपर लिगको दोस्रो सिजनमा पहिलो तीन अंक जोडेको छ।

राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्ने शेखर–गगन समूहको जोड

कांग्रेसको शेखर कोइराला–गगन थापा समूहका नेताहरूले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्दा मापदण्ड बनाएर नपाएकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका छन्।

सिम्रौनगढमा प्रहरीको गोली लागी घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

सुर्तीजन्य पदार्थ बेचेको भेटिए काठमाडौँ महानगरले पसल बन्द गरिदिने

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर बिहीबारदेखि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने, बेचेको भेटिए पसलसमेत बन्द गर्नेसम्मको कारबाही हुने बताउँछन्।

राजस्व संकलन र पुँजीगत खर्चमा सुधार आएको अर्थमन्त्रीको दाबी

विदेशी लगानी गर्न कानूनमा अप्ठ्यारो र अव्यवहारिक भए सुधार्न सकिने तर मुलुकको विधि र कानून मानेर लगानी गरी त्यही विधि र कानून मान्दिनँ भन्ने एनसेएलको कुरालाई स्वीकार गर्न नसकिने अर्थमन्त्रीको भनाइ छ।

नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब ९० करोडको कारोबार

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख ९३ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेत्रहीन टी२० शृंखला : भारतमाथि नेपालको १० विकेटको जित

महिला नेत्रहीन टी२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली भारतलाई १० विकेटले पराजित गरेको छ।

बारीमै सड्न थाल्यो शैलुङका किसानले उत्पादन गरेको काउली

उचित मूल्य नपाउँदा शैलुङ क्षेत्र आसपासका किसानले उत्पादन गरेको काउली बारीमै सड्न थालेको छ। कृषक दावासङ्बु शेर्पाका अनुसार शैलुङमा काउली प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ।

नक्कली कागजपत्र बनाई भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ

प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक, सरकारी कर्मचारीसहित ३२ जनालाई पक्राउ गरेको छ।

संघीय संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

बुधबार नै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव तोकेका थिए।