परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।
निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब दिन चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेरसमेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराई बताउँछन्।
इलाम डी मेचीले दुई खेलमा पेनाल्टी पाउँदा विदेशी खेलाडीले प्रहार गरेका दुवै पेनाल्टी खेर गए। कुल आठ खेल खेलेको इलामले पाँच खेलमा जम्मा ६ गोल मात्र गर्न सक्यो। बाँकी तीन खेल गोलबिहीन भयो।
इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ। चुलाचुली गाउँपालिका, माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्र बढी धान उत्पादन हुने ठाउँ हुन्।
बिहीबार एक सूचना जारी गर्दै निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ।
म्याग्दीको बेनी–८ कालीपुलबाट गलेश्वर जोड्ने बेनी–गलेश्वरखण्ड कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको छ। यो सडक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।
गाजाका प्यालेस्टिनीले लामो समयदेखि गरिबी, जोखिम र उच्च बेरोजगारी दरको निरन्तर सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
खाजा पाइने भएपछि कतिपय बालबालिका घरमा खाना नखाई विद्यालय जाने गरेका थिए। अहिले दिवा खाजा कार्यक्रम रोकिँदा विद्यालयमा विद्यार्थीको संख्या पनि घटेको छ।
जेलमा रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन्। इस्लामावाद उच्च अदालतले खानको अपिलमा फैसला दिएपछि मात्रै उनले चुनाव लड्न पाउने नपाउने निश्चित हुनेछ।
दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाहीसहित पाँच जनाको मृत्यु भएको छ।
उद्घाटन खेल बिहान साढे ९ बजे बागमती र मधेशबीच त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मूलपानी मेदानमा खेल हुनेछ।
देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने उद्देश्यका साथ आईएलओको साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ कार्यान्वयनमा आएको छ।
भारतको देहरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन्।
अति विशिष्ट पदाधिकारीको सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनको भनाइ छ।
प्रधान सेनापति प्रभुराम शर्माले बुधबार संसदीय समितिमा भने– ‘यस्तै अवस्था र काम गराइले त २०८३ मा पनि फास्ट ट्रयाक बन्न सक्दैन। काठमाडौँदेखि निजगढसम्म गाडी चल्ने बनाउन सके पनि उपलब्धि मान्नुपर्छ।’
अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको अध्यागमन कार्यालयको निरीक्षण गरेको छ।
नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका परराष्ट्र मन्त्रालयले जनाएको छ।
समाजमा महिला र पुरुष मात्र नभई त्यसबाहेकको लैंगिक पहिचान पनि हुने विषय नेपाली समाजमा चर्चा हुन थालेको करिब दुई दशक भयो। 'एलजीबीटीक्यूआईए प्लस' भनेर चिनिने यो समुदायप्रति अझै लाञ्छना र भ्रम बाँकी छन्।
यही पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ।