प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय गृहमन्त्री श्रेष्ठले बताएका छन्।
पाँचौँ पटकको म्यादमा पहिलो प्याकेज (डोकेबजार–बेलौरी)खण्ड निर्माण सकिएको छ। बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा ९.५ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।
काफ्लेले मंगलबार संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्। पार्टी, संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको उनले बताए।
बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि जिल्ला प्रशासन र नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा र ठेला हटाइएको थियो।
धनगढी उपमहानगरपालिका–३ की मञ्जु कुँवर सोमबारको राति ११ बजेतिर विद्युतीय धरापमा परेर मृत्यु भएको हो।
मणिपुरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारले तदारुकता नदेखाएको विज्ञको भनाइ छ।
वर्षाका कारण खेल प्रभावित भएपछि २३ ओभरमा झारेर खेलिएको थियो। त्यसपश्चात् भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य भारतले कुनै विकेट नगुमाई २०.१ ओभरमा भेट्टायो।
एशिया कपअन्तर्गत वर्षाका कारण प्रभावित नेपाल र भारतबीचको खेल २३ ओभरमा झारेर पुनः शुरू भएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताएका छन्।
मधेश प्रदेशका जनप्रतिनिधिहरूले प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रशासनिक संघीयताका बाँकी काम तत्काल पूरा गर्न संघीय सरकारलाई आग्रह गरेका छन्।
प्रहरीले हत्या अभियोगमा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई पक्राउ गरेको छ।
अर्घाखाँचीमा सोमबार परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले परियोजनाको निरीक्षणका लागि पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको जानकारी दिए।
एशिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र लुम्बिनी क्षेत्रको चहलपहल बढ्ने आशाले त्यस क्षेत्रका व्यवसायी उत्साहित थिए। विमानस्थलको सेवा अवरुद्ध भएसँगै उनीहरूमा निराशा बढ्दो छ।
भारतीय पूर्वक्रिकेटर आकाश चोपडाले नेपाली क्रिकेटलाई भारतले घरेलु संरचनामा समेट्दै अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।
एमाले सचेतक बर्तौलाले चीनले नयाँ नक्सामा नेपालको नक्सा पनि समेट्दा पुरानैलाई मान्यता दिनु दुःखद भएको बताए। उनले सरकारले कूटनीतिक माध्यमबाट सच्याउनका लागि पहल गर्नुपर्ने बताए।
एशिया कपअन्तर्गत नेपाल र भारतबीचको वर्षाको कारण रोकिएको खेल फेरि खेलाउने तयारी गरिएको छ।
अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसद्मा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।