बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपद् जोखिम क्षेत्र घोषणा गरिएको थियो। तीन वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित रहेको स्थानीयको भनाइ छ।
नेपाली ओपनर आशिफ शेखले ५८ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्नेक्रममा ७ चौका प्रहार गरे।
वीर, प्रसूतिलगायत सरकारी अस्पतालमा सेवाग्राहीका लागि पार्किङ त छैन नै, सडकमा समेत काठमाडौँ महानगरले सेवाग्राहीसँग शुल्क असुल्छ। पाटनमा पार्किङको व्यवस्था भए पनि अस्पतालले नै सेवाग्राहीसँग शुल्क लिन्छ।
एशिया कप छनोटअन्तर्गत भारतविरुद्ध जारी खेलमा अहिले नेपालका गुलसन झा र आशिफ शेख क्रिजमा छन्।
कुवेतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो।
कानूनमन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको बताए।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।
नेपालले भारतविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन्।
कांग्रेस सांसद रामहरि खतिवडाले जनप्रतिनिधिहरूलाई आफ्नो पदीय मर्यादालाई ख्याल गरेर बोल्न अनुरोध गरेका छन्।
सरकारले नागरिकका सरोकारको विषयमा बेवास्ता गरिरहेको एमाले सचेतक महेश बर्तौलाको आरोप छ।
मंगलबारदेखि इजिप्टको कायरोमा शुरू हुन लागेको जनसंख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत इजिप्ट गएका हुन्।
कुनै गुनासो भए जथाभावी वक्तव्यबाजी नगरेर तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन प्रशासनले अनुराेध गरेकाे छ।
बैठकमा मन्त्री ज्वालाले सम्बन्धित निकायबीच समन्वय नहुँदा सडककाे बेहाल भएकाे बताए।
म्यानमार आपराधिक गिरोहका लागि सुरक्षित ‘हब’ बनेको छ। साइबर अपराध र श्रम तथा यौन शोषणका लागि नेपालसहित थाइल्यान्ड, कम्बोडिया, फिलिपिन्सलगायत देशबाट पनि मानव तस्करी हुने गरेको छ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।
प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजु बहिनी बगेका हुन्।
कोशी प्रदेशका विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरुको खोजीमा परिचालित हुन अहिले ६ जना मात्रै गोताखोर छन्।
मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेकाे छ।
गएकाे साउन २८ गते कालीगण्डकीमा आएकाे बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ।