प्रधानमन्त्री दाहाल श्रमिकका जायज माग र मुद्दामा जहिले पनि सरकार साथमा रहेको बताउँछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विकल्पको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए।
जिल्ला फुटबल संघ मोरङले कात्तिक १२ देखि फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो। आर्थिक अभावबीच आवाससहितको एकेडेमी सञ्चालनमा ल्याइएको संघका उपाध्यक्ष नारायण लिङ्थेपले बताए।
भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन। २०७८ फागुनमा सक्नेगरी २०७७ मंसिरमा ठेक्का लागेको थियो।
भिड नियन्त्रण गर्न पानीको फोहोरा, रबरको गोली, अश्रु ग्याँसको विकल्प हुँदाहुँदै गोली प्रहार गर्नु सरकारको दमनपूर्ण कार्य भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन्।
शनिबार गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाबारे जानकारी लिएका छन्।
शुक्रबार हेटौँडामा बसेको मुख्यमन्त्रीको बैठकले संघीयता कार्यान्वयन र संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नका लागि प्रधानमन्त्रीलाई भेट्ने निर्णय गरेको थियो।
अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको संक्रमण देखिएको छ। भारत निर्यात भइरहेको अदुवा सखाप भएपछि किसानले वैकल्पिक रूपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन्।
ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन्।
दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ।
विज्ञहरूले न्यून आय, युवाहरूको विदेश पलायन, बाह्य अर्थतन्त्रमा देखिने असन्तुलन र बढ्दो सार्वजनिक ऋणलाई अर्थतन्त्रका मुख्य जोखिमको पाटोका रूपमा औँल्याएका छन्।
आइभोरी कोस्ट तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर डिडियर ड्रोग्बा नेपाल नआउने भएका छन्।
अदालतले सजाय भने तोकिसकेको छैन। कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण सोही इजलासमा हुने अर्को सुनुवाइबाट हुनेछ।
अदालतले गरेको अन्तरिम आदेशलाई ईपीएस कार्यालयले अपव्याख्या गरी रिट हालेकाहरूलाई मात्र फर्म भर्न दिने र अन्यलाई नदिने भनेपछि विद्यार्थी आन्दोलित भएका थिए। त्यही कारण बालकुमारीमा दुई युवकले ज्यान गुमाए।
माओवादी नेतृत्वको गठबन्धन सरकारले गरेको फागुन १ गतेलाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ।
सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन्।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वान्डर्स क्लब नोएडालाई ४ रनले पराजित गर्दै पुलिसले पर्सासँगको भेट पक्का गरेको हो।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ।
उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो।