AnonymousUser

Logout

दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको छः मन्त्री साउद

कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने उनको भनाइ छ।

चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविद्को अनुरोध

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्ककता अपनाउन सबैमा अनुरोध गरे।

एक प्यालेस्टिनी किशोर, जसले मृत्युपछि पाए युट्युबमा चर्चा

कम्प्युटरप्रति उनको लगावका कारण परिवारका सदस्यले उनलाई ‘इन्जिनियर अवनी’ भन्ने गर्थे। युट्युबर बन्ने सपना बुनेका अवनी इजरायल हमास युद्धको पहिलो दिनमै मारिए।

आरती साह मृत्यु घटनाः श्रीमान् मोतीबाबु पुनः पक्राउ

सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका श्रीमान् मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो।

बसको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

घटनापछि मृतकका आफन्तले बसमा आगजानी गर्दै बीपी राजमार्ग अवरुद्ध पारेका छन्। 

बदलिएका बाटाघाटामा नबदलिएको जीविका (तस्वीरहरू)

दूरदराजसम्म सडकको पहुँच पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ। पहिले पैदल हिँड्नुपर्ने गाउँठाउँमा पक्की सडक बनेसँगै आवतजावत गर्न साना सवारी प्रयोग हुन थालेका छन्।

नेपालमा 'डिजिटलाइजेसन'को विकल्प छैनः गभर्नर अधिकारी

डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने लगायत अन्य विकृतिहरू पनि हटाउँदै लैजाने गभर्नर अधिकारीको भनाइ छ।

जंगलमा घाँसदाउरा लिन गएका सासूबुहारी मृत भेटिए

शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ।

युक्रेनले पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदै

रुसले जनवरी ७ मा क्रिसमस मनाउँदा युक्रेनले डिसेम्बर २५ मा मनाउनुलाई राजनीतिक कारणको रूपमा व्याख्या गरिएको छ। चर्च र युक्रेनका धेरै संस्थाहरूले रुसी भाषा र संस्कृति त्याग्न पनि जोड दिइरहेका छन्।

नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाबयात्रा

सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै रास्वपाका सभापति रवि लामिछानेले दबाबस्वरूप पैदलयात्रा गर्ने घोषणा गरेका हुन्।

चेपाङ गाउँमा घरबास सञ्चालन

चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ: प्रधानमन्त्री

२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा सिंगो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

गाजा युद्धमा इजरायली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ: नेतन्याहू

शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ इजरायली सैनिक मारिएको घोषणापछि उनले यस्तो भनेका हुन्।

ओल्भरह्याम्टनसँग चेल्सी पराजित

आइतबार राति घरेलु मैदानमा ओल्भरह्याम्टन (वल्भ्स)ले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पछिल्लो हारले चेल्सी २२ अंकसहित तालिकाको १० औँ स्थानमा छ।

तराईमा हल्का कुहिरो, पहाडी भेगको माैसममा आंशिक बदली

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तापक्रम भने घटिरहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन
माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यस्ता उद्योगले पाउने छन् ऋण पुनः तालिकीकरणको सुविधा

चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आइतबार एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले ऋणको पुनः तालिकीकरण गर्ने व्यवस्था गरेको छ।

विद्युत् प्राधिकरणले थप दुई उद्योगको बिजुली काट्यो

डेडिकेटेड र ट्रंक लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत् प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको छ।

फ्रान्सले रोकेका भारतीय नागरिकसँग सोधपुछ हुँदै

फ्रान्सले बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको एयरबस ए३४०मा यात्रा गरिरहेका भारतीय नागरिकलाई रोकेर पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखेको छ।

राजनीतिले देशलाई पीडा मात्रै दिएको पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी

राजनीतिले देशका विद्यमान समस्याहरूको निकास निकाल्न नसकेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको भनाइ छ।

एमालेले मध्यपहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताएका छन्।