नेपालकी इन्दू बर्माले ३ विकेट तथा पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए।
प्रहरीले सार्वजनिक गरेकाे वेबसाइटमा सनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७७६ जनाको विवरण राखिएको छ।
एशिया कपमा पहिलाेपटक सहभागी भएकाे नेपालले १४ पटक सहभागिता जनाइसकेकाे भारतसँग खेल्न गइरहेकाे छ।
टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो।
रक्षामन्त्रालय नयाँ ढंगले अगाडि बढ्ने बताउँदै राष्ट्रपति जेलेन्स्कीले रेज्निकाेभकाे ठाउँमा उमरोभलाई नयाँ रक्षामन्त्री घोषित गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहेको छ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सके पुँजी बजारमा सुधार आउने र अर्थतन्त्र पनि चलायमान हुने बताए।
ललितपुर महानगरपालिकाभित्र बनेका ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यस्ता भवनको सवालमा उजुरी परेपछि मात्र छानबिन शुरू हुने गरेको छ।
बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ।
कृषिमन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी पशुमा लगाउने व्यवस्था गरिएको बताए।
नेपालले दिएको २६१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्रै बनाउन सक्यो।
कृषि समिति सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छन्।
सर्वोच्च अदालतले न्यायिक मूल्य–मान्यताको पालना नभएको उल्लेख गर्दै पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी आफ्नै देश फिर्ता गर्न सरकारलाई आदेश दिएको छ।
अमेरिकी सिनेटर होलेनले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा शान्तिप्रक्रियाको बाँकी काम र अमेरिकी सहयोग परियोजना एमसीसीबारे चासो व्यक्त गरेका छन्।
आइतबार विभिन्न कम्पनीका कुल ४० लाख ५३ हजार ३६८ कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिद बिक्री भयो।
संविधानले विद्यालय शिक्षाको सञ्चालन र व्यवस्थापन स्थानीय तहलाई दिएको छ। तर ती अधिकार प्रयोगको बाटो खोल्ने संघीय शिक्षा ऐन नबन्दा उल्टै मुद्दा खेप्नुपर्ने स्थानीय सरकारको बाध्यता आठ वर्षदेखि कायम छ।
बजेटकै अभावका कारण बालसुधार गृह, वृद्धा आश्रमसमेत आवश्यकताअनुसार बनाउन नसकिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको भनाइ छ।
सरकारले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्वबोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताएका छन्।
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।