AnonymousUser

Logout

बालकुमारी आन्दोलन अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

संस्थाको वास्तविक अवस्था पेश गर्न अटेर गर्दै सहकारीहरू

सहकारी सुझाव कार्यदलको सुझावअनुसार देशभरका सहकारी संस्थाहरूलाई श्वेतपत्र जारी गरी बचत फिर्ता कार्ययोजना बनाएर सम्बन्धित नियामक निकायमा पेश गर्न मंसिरसम्मको समय दिइए पनि अधिकांशले अटेरी गरेका छन्।

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाकाे मृत्यु, एकको उपचार हुँदै

मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउत रहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

आगामी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पलाई दोस्रो झट्का, मेइन राज्यमा पनि अयोग्य घोषित

ट्रम्पको अभियानले अदालतको निर्णयलाई चुनाव चोर्ने र अमेरिकी मतदातालाई बहिष्कार गर्ने प्रयासको रूपमा वर्णन गरेको छ।

प्रो क्लब च्याम्पियनसिप: आर्मीलाई पराजित गर्दै पर्सा ११ फाइनलमा

पर्साले आर्मीलाई ३१ रनले पराजित गरेको छ। पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मीले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।

बालकुमारीमा ईपीएस आन्दोलनकारीको प्रदर्शन, मन्त्री ज्वालाको गाडीमा आगजनी

प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

प्रतितोला १ हजार ३०० रुपैयाँ घट्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख २२ हजार पुगेको सुन आज एक हजार ३०० रुपैयाँले घटेको छ।

आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिन्छ। एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन्।

मैदानेका विद्यार्थीको पीडा: ३ घण्टा जंगलको बाटो छिचोलेर विद्यालय

रामेछापको लिखु तामाकोशी–२ मैदानेबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। गाउँबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ।

कबुलियत वनमा लगाइएको अम्रिसोबाट ३ करोड आम्दानी

बर्दघाट सुस्तापूर्वका विभिन्न चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्। अम्रिसो बिक्रीबाट प्राप्त आएको रकम प्रतिघर बाँड्ने गरिएको छ।

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको छ। हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा उनलाई आक्रमण गरेको थियो । 

इलाममा विस्तार हुँदै ड्रागनखेती, सिँचाइको प्रबन्ध गरिदिन किसानको माग

इलामका सबै पालिकामा ड्रागनको खेती विस्तार भइसकेको छैन। हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

आर्सनल वेष्टहामसँग पराजित, गुमायो शीर्ष स्थानमा पुग्ने अवसर

हारपछि आर्सनल १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ४२ अंक छ। 

कस्तो रहनेछ शुक्रबारको मौसम?

तराई भूभागमा हल्कादेखि मध्यम हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

सर्लाहीमा मिटरब्याज पीडित र प्रहरीबीच झडप


मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीका सदस्यलाई पक्राउ गरेपछि प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ।

नेपाल सुपर लिग: उपाधिका लागि धनगढी र ललितपुर भिड्ने

नेपाल सुपर लिगको उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन्।

धितोपत्र बोर्डका अध्यक्षको सम्पत्ति छानबिन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।

प्राधिकरणले कुन–कुन उद्योगबाट उठाउन छ बक्यौता?

प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ६१ उद्योगको मंसिर मसान्तसम्म कुल बक्यौता २२ अर्ब २४ करोड छ। यसमध्ये लाइन काटिएका ९ उद्योगबाट मात्र १२ अर्ब ५० करोड उठाउन बाँकी छ।

प्रधानमन्त्रीको एकवर्षे कार्यकालः १८० कार्यक्रममा उपस्थिति

सचिवालयले निमन्त्रणा तथा जानकारीका लागि एक वर्षमा पठाएका सूचनाहरूको अध्ययनबाट विद्यालयका वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रम, पुस्तक विमोचनजस्ता मसिना कार्यक्रम पनि प्रधानमन्त्रीले नछुटाएको देखिन्छ।

भत्कियो ढलान हुने अवस्थाको पुल, छानबिन गर्न स्थानीयको माग

पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।