AnonymousUser

Logout

डेनमार्ककी महारानीले गरिन् राजगद्दी परित्यागको घोषणा

८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवाैँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन्। 

‘सिप बिल्डिङ’ परीक्षामा सहभागी सबैको लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन माग

पुस १६ देखि १८ गतेसम्म आवेदन दिन मिल्ने ईपीएस शाखाले जनाएको छ।

इंग्लिस प्रिमियर लिग: टोटनह्याम र फुलह्याम विजयी

आइतबार राति भएका खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तर तथा फुलह्यामले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। 

चिसोका कारण त्रिपालमुनि बसेका भूकम्प प्रभावित थप समस्यामा

बारेकोट गाउँपालिका–५ की रमिता सिंहले चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको भनाइ।

लुम्बिनी प्रदेशसभा: संसदीय समितिको निर्वाचन फेरि स्थगन

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन्।

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

परम्परागत रूपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका बेनीका स्थानीयले नगदेबालीको रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन्।

आयरल्यान्ड पठाइदिने नाममा भइरहेको ठगी खुलासा गर्ने एउटा 'केस स्टडी'

आयरल्यान्ड पुगेर युरोमा आम्दानी गर्ने सपना देखेर १४ लाख रुपैयाँ बुझाएका सुरेश र विकास अहिले निराश छन्। ठगिएको रकम फिर्ता लिने प्रयासमा उनीहरूले काठमाडौँ प्रहरी परिसरमा सञ्जीवविरुद्ध निवेदन दिएका छन्। 

बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीसँग जानकारी लिने

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाइएको बताए।

दुर्घटनाका घाइते र बिरामीलाई आशा जगाउने ‘सञ्चो पेन्टिङ’ 

काठमाडौँका चार युवा मिलेर दुर्घटनामा परेका वा कुनै रोग लागेका व्यक्तिहरूलाई सहयोग जुटाउन उनीहरूका घाउ या रोगको अवस्थालाई कलात्मक ‘पेन्टिङ’मा उतारिरहेका छन्।

इजरायली सेनाको आक्रमणबाट गाजाका ७० प्रतिशत घर ध्वस्त

आवासीय भवन, अस्पताल धार्मिक स्थल, सपिङ मल आदिलाई लक्षित गरी इजरायली सेनाले गाजा क्षेत्रमा २९ हजार बम खसाएका छन्।

प्रधानमन्त्री कप: दोस्रो क्वालिफायरमा कोशी र सुदूरपश्चिम भिड्ने

एपीएफसँग पराजित कोशीले फाइनलको यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ।

कुलमानको महत्त्वाकांक्षासामु सरकार निरीह बनेको उद्योगी–व्यवसायीको टिप्पणी

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल एउटा व्यक्तिको महत्त्वकांक्षा पूरा गर्नका लागि प्रमाणबिना उद्योगी–व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम बुझाउन नसक्ने बताउँछन्।

बालकुमारी घटना : सरकारले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने, प्रस्ताव ल्याउन गृहलाई निर्देशन

सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

जाडो बढेसँगै जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन्।

टुँडिखेलमा मनाइएको तमु ल्होसार (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलसहित देशका विभिन्न ठाउँमा तमहरूले मौलिक भेषभुषामा सजिएर परम्परागत नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी ल्होसारको खुशियाली साटासाट गरेका छन्।

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न कांग्रेसको माग

घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न न्यायिक समिति आवश्यक भएकाले त्यसलाई तत्काल गठन गर्न केन्द्रीय कार्यसमिति बैठकले सरकारसँग माग गरेको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।

रुकुम पश्चिमका २० हजार लाभग्राहीलाई अस्थायी आवास बनाउन पहिलो किस्ता

जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको छ।

भारतको महाराष्ट्रमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ घाइते

छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।