AnonymousUser

Logout

जापान भूकम्पमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

जापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ। 

नेप्से ३० अंकले घट्यो, चार अर्बमाथिको कारोबार

चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ, भने हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा आगलागी

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ।

हुम्लाका गाउँ नै रित्तिने गरी कालापहाड जाँदै युवा

कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ।

कान्तिपुरविरुद्ध रवि लामिछाने पुगे अदालत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन्।

प्रधानमन्त्रीको आशय मन्त्रिमण्डल पुनर्गठन गर्ने भन्ने छ: अग्नि सापकोटा

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल आवश्यकताअनुसार मन्त्रिमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताउँछन्।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

जापानको इशिकावा प्रान्तमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि दिइएको सुनामीको चेतावनी भने जोखिम घटेपछि हटाइएको छ।

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ भारतीयको मृत्यु

मृत्यु हुनेमा भारतको सितामाढी जिल्लाका ३५ वर्षीय पिंकु सिंह र २२ वर्षीय अवधेश झा छन्।

उद्योगीले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता ६० किस्तासम्म तिर्न पाउने

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिसकेको छ। बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः काट्दै जाने अडानमा प्राधिकरण छ।

एउटै बगानबाट १० लाखको सुन्तला बिक्री

इलाममा यस वर्ष दुई हजार ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष गत वर्ष दुई हजार ७४४ मेट्रिक टन उत्पादन भएको थियो।

दक्षिण कोरियामा विपक्षी दलका नेतामाथि आक्रमण

मंगलबार बिहान दक्षिणी बन्दरगाह शहर बुसानमा पत्रकार सम्मेलनका क्रममा म्युङमाथि छुरा हानिएको हो।

सन् २०२३: ९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना सार्क राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन्।

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

जितसँगै २० खेलबाट ४५ अंक जोडेको लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक छ। 

गाजाबाट फिर्ता हुन थाले इजरायली सेना, युद्ध भने जारी

इजरायली एक अधिकारीले इस्लामवादी समूह हमासलाई परास्त नगरेसम्म युद्ध भने जारी रहने बताए। 

बझाङमा डोजर पल्टिँदा चालकको मृत्यु

पुरानो बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ गइरहेको डोजर दुर्घटना हुँदा चालक प्रकाश कठायतको मृत्यु भएको छ।

चिसो बढेसँगै कञ्चनजंघा क्षेत्रमा घटे पर्यटक

पर्यटक नआएपछि यहाँका होटल पनि बन्द भएका छन्। केही स्थानीय सदरमकाम फुङ्लिङ झरेका छन्‌ भने कोही काठमाडौँ पुगेका छन्। 

तराईमा हुस्सु, कोशी र गण्डकीमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

जापानमा शक्तिशाली भूकम्प, रुस र उत्तर कोरियामा पनि सुनामीको चेतावनी

जापानको मध्य भागमा सोमबार शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले नागरिकहरूलाई थप विपद्का लागि तयार रहन आग्रह गरेका छन्।

जन्तेढुंगामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग

निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको जन्तेढुंगा गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सुरेशकुमार मेहताले बताए।

चौतर्फी सहकारी बदनाम भइरहँदा अब्बलमा दरिएको लाहुरे नेतृत्वको सहकारी

पोखरा रोयल सहकारीमा अहिले पनि बचत रकम बढिरहेको छ। संस्थाको कुल पुँजी दुई अर्ब ३२ करोड पुगिसकेको छ। शेयर पुँजी मात्रै २१ करोडको हाराहारीमा छ।