६ दिनसम्म लगातार घटेको शेयर बजार बुधबार २७.९० अंकले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ। विभिन्न ६ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
महासंघले शिक्षक–कर्मचारीको रजिस्ट्रेसन, तालिम र पेशागत विकासमा काम गर्न एउटा शिक्षण काउन्सिल बनाउनसमेत माग गरेको छ।
बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्।
बुधबार सम्पन्न फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो। ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन मात्र बनायो।
तीनै तहका संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको थियो। जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्।
बुधबार बसेको न्याय सेवा आयोगको बैठकले न्यापरिषद्का सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस गर्ने निर्णय गरेको छ।
जगत टमाटाकै प्रशिक्षणमा सन् २०१६ को यू१९ विश्वकपमा नेपाल 'सुपर एट'मा पुगेको थियो। यसपटकको लक्ष्य सुपर सिक्स भएको र टोलीलाई सन्तुलित बनाउन एशिया कप खेलेका केही खेलाडी परिवर्तन गरिने टमाटा बताउँछन्।
कर्णाली नदीका कारण टीकापुरका १५ हजारभन्दा बढी नागरिक विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले बताए। टीकापुर–७, ८ र ९ का सबै बस्ती प्रभावित हुने देखिएको छ।
मृत्यु हुनेमा डडेलधुरा स्थायी घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत प्रहरी जवान २५ वर्षीय विनोद एडी छन्।
निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा तमोर जलाशययुक्त आयोजना निर्माण सम्भव रहेको स्वतन्त्र ऊर्जा उत्पादकले बताएका छन्।
बेरुतको दक्षिणी उपनगर दहियाहमा इजरायलले गरेको ड्रोन आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरीसहित सात जनाको मृत्यु भएको छ।
आरोपितले पीडितबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काएको खुलेको प्रहरीले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
रुसी सेनामा भर्ती हुन गएका थप तीन नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले सिप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ।
पूरा भइसकेका कामको समेत सरकारले भुक्तानी नदिँदा निर्माणको काममा खटिनुपर्ने बेलामा पनि आयोजनाको म्याद थप र भुक्तानी माग्दै हिँड्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीहरूको गुनासो छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले जलवायु परिवर्तनसम्बन्धी कानून किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ।
सहायक प्रवक्ता धमलाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्तावमार्फत आएका विषयलाई सम्बन्धित मन्त्रीले अनिवार्य रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको पनि बताए।
ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको तथ्यांक कार्यालयले जनाएको छ।