AnonymousUser

Logout

नेपालमा कोभिडको नयाँ भेरिएन्ट फेला परेको छैन: स्वास्थ्य मन्त्रालय

यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरिएन्ट भित्रिए पनि तत्काल गम्भीर असर नपर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी र गण्डकी विजयी

मूलपानी रंगशालामा भएको खेलमा गण्डकीसँग कर्णाली प्रदेश ४४ रनले पराजित भएको छ। उता, लगातार दोस्रो जित दर्ता गरेको कोशी अंक तालिकाको शीर्षस्थानमा छ।

‘बीवाईडी’ आयातमा राजस्व छल्ने नेपाली कम्पनी साइमेक्सलाई कारबाही, जरिबानासहित असुल गरिँदै

साइमेक्सले दुई वर्षअघि तीन महिनाको फरकमा ४१ वटा बीवाईडी कार आयात गर्दा अघिल्लो लटका २० वटाको मूल्य प्रतिगाडी १७ हजार १५० अमेरिकी डलर कम थियो। तर उपभोक्तालाई दुवै लटका गाडी एउटै मूल्यमा बेचिएको थियो।

धनुषाको संहपुर तनावग्रस्त, प्रहरीको गोलीबाट २ जना घाइते

स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि हंसपुर तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीको दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन्।

नियमित पोसाकभन्दा फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विद्यालयहरूले नियमित पोसाकबाहेक चाडपर्वका नाममा विभिन्न पोसाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि काठमाडौँ महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

कोशी प्रदेशमा पर्यटन पूर्वाधार बनाउन स्विस सरकारले २ अर्ब ५० करोड सहयोग गर्ने

पूर्वका पर्यटकीय क्षेत्रलाई लक्षित गरी करिब ४०० किलोमिटर पैदलमार्ग र इलाममा चिया बगैँचा निर्माण गर्ने योजना छ।

समस्यामा पोल्ट्री व्यवसायी: भन्छन्– व्यवसाय जोगाउने/समाप्त पार्ने राज्यको हातमा छ

नेपाल पोल्ट्री महासंघका अनुसार प्रतिक्रेट अण्डाको लागत मूल्य ४२० रुपैयाँ हाराहारी पर्छ। तर, ३७० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता छ। 

गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर: उपचार पाउँदा दंग छन् स्थानीय

गलकोट नगरपालिकाले वर्षको दुई पटक नागरिकको घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गरी औषधी र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्ड दिने र अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने योजना बनाएको छ। 

चेक गणतन्त्रको विश्वविद्यालयमा गोली प्रहार: १४ जनाको हत्या, २५ घाइते

विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बाल संगठनलाई काठमाडौँ महानगरको ३० लाख सहयोग

बाल संगठनमा आश्रय लिइरहेका बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि  ३० लाख रुपैयाँ सहयोग गरिएको काठमाडौँ महानगरले जनाएको छ।

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

अन्तर्घातबाट मुक्त गर्दै कांग्रेसलाई बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने पार्टीका  रूपमा स्थापित गर्ने गरी अगाडि बढ्न नेता/कार्यकर्तालाई आग्रह गरे।

म्याग्दीमा नदीमा २ जनाको शव फेला

म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ।

भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन

छबबहादुरका अनुसार आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो कम भएको छ। पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ।

सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा, पुस १२ गते सुनुवाइ हुने

परमादेशबमोजिम अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

घरेलु कामदारमाथि शोषणः यूएईमा १५३ रोजगारदातालाई ५० हजार दिर्हाम जरिबाना

ती रोजगारदाताहरूले आफ्नोमा काम गर्ने घरेलु श्रमिकलाई अर्काको घरमा काम गर्न लगाएका छन्। जुन् यूएईको कानून विपरीत छ।

०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई अल्पसंख्यकमा राख्ने मन्त्रिपरिषद्को निर्णय 

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ।

योजना आयोगले स्वीकृत गर्‍यो बजेट ‘क्यालेन्डर’ परिमार्जन प्रस्ताव, मन्त्रिपरिषद्मा पेस गर्ने तयारी

बजेट तर्जुमादेखि संसद्मा संशोधनसम्मको कार्यतालिकालाई व्यवस्थित गर्नेगरी नयाँ प्रस्ताव तयार पारिएको अध्ययन समिति संयोजक रामकुमार फुयाँलले जानकारी दिए।

वैदेशिक रोजगारीबाट फर्केका १६ प्रतिशत बेरोजगार, ४४ प्रतिशत फेरि बिदेसिने योजनामा

वैदेशिक रोजगारीबाट फर्केर नेपालमा आफ्नै व्यवसाय थालेका तर त्यसमा घाटा भएर पुनः वैदेशिक रोजगारीमै फर्किन खोज्नेको संख्या २० प्रतिशत रहेको छ। 

नाबालिग बलात्कारः मेडिकल रिपोर्टले बलात्कार पुष्टि गरे पनि प्रतिवादीको इन्कारी बयानकै आधारमा धरौटीमा रिहा 

न्यायाधीश शिशिरराज ढकालले मेडिकल रिपोर्टको प्रमाण, पीडितको बयान, जाहेरी र अभियोगको मागदाबीलाई भन्दा पनि प्रतिवादीको इन्कारी बयानलाई निर्णायक आधार मानेर अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएका हुन्।