मृत्यु हुनेमा डडेलधुरा स्थायी घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत प्रहरी जवान २५ वर्षीय विनोद एडी छन्।
काठमाडौँ– मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा डडेलधुरा स्थायी घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय विनोद एडी छन्।
बुधबार बिहान हेटौँडा–११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना४३ प २२२ नम्बरको मोटरसाइकलले एडीलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
ठक्कर दिएपछि मोटरसाइकल पनि पल्टिँदा चालक हेटौँडा–४ हुप्रचौरका ४१ वर्षीय लक्ष्मण लामा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
