आरोपितले पीडितबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काएको खुलेको प्रहरीले जनाएको छ।
काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी रवीन्द्र रेग्मीले बताए।
उनका अनुसार लामाले काठमाडौँको महाराजगन्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेर लिथोनिया, क्यानडा, सिंगापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोप छ।
उनले पीडितबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए। प्रहरीले उक्त ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद गरेको छ।
लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
