AnonymousUser

Logout

बचतकर्ताको १ अर्ब हिनामिना गरेको अभियोगमा सहकारी सञ्चालक पक्राउ

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चिसो बढेपछि खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

गाउँपालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन  योजनालगायतका काम रोकिएका छन्।

अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपालको जित

नेपालको यू१९ टोलीले स्कटल्यान्डलाई १३५ रनले हराएको छ। नेपालका गुलशन झाले ११५ बलमा ११४ रन बताए।

महोत्तरीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एक अर्कालाई नदेख्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

म्याग्दीको सिंगा ठूलोखोलामा सामूहिक आलुखेती

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष ८०० रोपनीभन्दा बढी जमिनमा खेती गरिएको छ।

आप्रवासीबारे विवाद बढेपछि फ्रान्सेली प्रधानमन्त्रीको राजीनामा

विदेशी नागरिकलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको छ।

दिक्तेलमा सामुदायिक विद्यालय सुधार्ने अभियान, टोल–टोलबाट सुझाव संकलन गरिँदै

सहभागीले शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षा, अभिभावक शिक्षा, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव दिएका छन्।

जाम्बियामा हैजाबाट २२२ जनाको मृत्यु, १० मध्ये ७ प्रदेश प्रभावित

जाम्बियामा गत वर्षको अक्टोबरमा फैलिएको हैजाको महामारीबाट हालसम्म पाँच हजार ४६२ जना संक्रमित भएका छन्। 

तराईमा बिहानैदेखि हुस्सु, कोशी, गण्डकी र कर्णालीको हिमाली भूभागमा हिमपातको सम्भावना

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस वर्ष धान उत्पादन ४.३३ प्रतिशत बढ्यो, खेती हुने जमिन घट्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको जनाएको छ।

प्रधानमन्त्रीले अर्थ मन्त्रालयसँग मागे सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी पीडितका समस्या समाधानको ठोस प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।

नेपाली युवा टोलीले चिनियाँ क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाली राष्ट्रिय युवा टोलीले चिनियाँ फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

सिरहा कारागारः जेल प्रशासन र प्रहरीको रोहबरमा चौकीदारको ‘शासन’

कैदीलाई न्यानो लुगा किन्न आएको पैसा खाइदिएपछि भएको विरोध दबाउन सिरहा कारागारमा पुस १८ गते चौकीदारले गरेको ज्यादतिसँगै कारागार प्रशासन र प्रहरीको आडमा चलिरहेको ‘चौकीदार शासन’ पनि छताछुल्ल भएको छ।

नेपालमा ७ जनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि भएको जनाएको छ। १६ वटा नमूनाको परीक्षण गर्दा सात वटामा जेएन.१ को संक्रमण पुष्टि भएको हो।

वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

राष्ट्रियसभा निर्वाचन : १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता

आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी ५२ जनाको उम्मेदवारी दर्ता भएको छ।

राष्ट्रियसभा निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व नभएकोमा आयोगको असन्तुष्टि

आदिवासी जनजाति आयोगका अध्यक्ष थापामगरले राजनीतिक दलहरूले विभिन्न छिद्रलाई हेरेर संविधान कार्यान्वयन गर्ने आनाकानी गरिरहेको आरोप लगाए।

नेप्सेमा ३६.५७ अंकको सुधार, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

सोमबार चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

महसुल उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि विद्युत् प्राधिकरण बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन्।

बेपत्ता पारिएका भूपेन्द्रको २० वर्षपछि किरिया, न लास मिल्यो न सास

भूपेन्द्र नेपालगन्जको धम्बोझी चोकमा रहेको आफ्नो पसल बन्द गर्दै थिए। साँझ पर्दै थियो। त्यही बेला केही मान्छे आएर उनलाई नियन्त्रणमा लिई आँखामा पट्टी बाँधिदिए। त्यसपछि उनी कहिल्यै घर फर्किएनन्।