ओपन एआईको च्याट जीपीटीलाई तालिम दिन आफ्नो प्रकाशनका दशौँ लाख लेखहरू अनुमतिबिना प्रयोग गरेको न्यु योर्क टाइम्सले जनाएको छ।
एक खेल खेल्न बाँकी कोशीको ६ खेलबाट १० अंक छ। कोशी एपीएफसँग मात्रै पराजित भएको थियो। उसले अन्तिम खेल शनिबार लुम्बिनीसँग खेल्ने छ।
पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो। त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए।
करिब तीन महिनादेखि चलिरहेको हमास–इजरायल युद्धका कारण आकर्षक श्रम गन्तव्य देश इजरायमा नेपालले कामदार पठाउन रोकेको छ। तर भारतलगायत देशले धमाधम कामदार पठाउन थालेपछि नेपालको कोटा गुम्नसक्ने देखिएको छ।
सुनसरीको देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई विराटनगर–६ केशलिया मार्गबाट प्रहरीले पक्राउ गरेको छ।
दोधारा चाँदनी नगरपालिका–३ स्थित बडुवालटोलका ३५० परिवारमध्ये २० प्रतिशतको मात्रै जग्गाधनी पुर्जा छ। पुर्जा नहुँदा उनीहरू राज्यले दिने आधारभूत सेवा सुविधाबाट नै वञ्चित छन्।
कात्तिक १७ को भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो। मंसिर १७ मा सुत्केरी भएकी उनलाई कमजोर आर्थिक अवस्थाका कारण परिवारले त्रिपालबाट सुरक्षित स्थानमा सार्न सकेको थिएन।
धौलागिरि आइसफल पदमार्ग पर्यटनको अथाह सम्भावना भए पनि प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेको छ। यसको प्रवर्द्धनमा स्थानीय युवाले अभियान नै चलाएका छन्।
घरेलु मैदान गुडिसन पार्कमा २९औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा एभर्टन पराजित भएको हो। सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र बर्नार्डो सिल्भाले गोल गरे।
गुराँसको राजधानी मानिने गुफापोखरी पर्यटकीय क्षेत्र रहेकाले खानेपानीको सहज उपलब्धताले यहाँ पर्यटकको संख्यामा थप वृद्धि हुने स्थानीयको अपेक्षा छ।
नेपालगन्जस्थित ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को ४३ करोड रुपैयाँ हिनामिना, ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्।
न्यायाधीश शिशिर ढकालले नाबालिग बलात्कार मुद्दामा हिमाल शाहीलाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न दिएको आदेशविरूद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा ‘७३ नम्बर निवेदन’ बिहीबार दर्ता गर्ने भएको छ।
प्रहरी जवानको तलब भत्ता हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २०७६ फागुनमा मुद्दा दायर गरेको थियो।
उनले मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएका थिए।
एकैछिन सडक किनारामा उभियौँ। होटलमा बास बस्दा ‘यौनकर्मी पाइने अफर’ लिएर एकपछि अर्को नाबालक आइरहे। यसरी ‘डिल’ गरिरहेकाहरू प्रहरीको बाइक वा भ्यान आउँदा गल्लीभित्र बेपत्ता भइहाल्थे।
जारी प्रतियोगितामा सबै टोलीले ५/५ खेल खेलिसक्दा एपीएफले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।
टेरामक्स खरिद प्रक्रियामा गडबडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रिया चाँडै टुंग्याउन आयोगलाई निर्देशन दिएको हो।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीले तीन कार्यदिनभित्र लाइसेन्स पाउने विभागले जनाएको छ।