AnonymousUser

Logout

जापान भूकम्पमा मृतकको संख्या १०० नाघ्यो, २०० बढी बेपत्ता

जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ भने २०० भन्दा बढी बेपत्ता छन्।

सर्लाही घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गर्‍यो ३ सदस्यीय समिति

गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।

‘अरू देशको दूतावासमार्फत सिधै रकम ल्याउने गरी परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत’

नेपालजस्तो स्वतन्त्र मुलुकमा अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरी कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको उनको भनाइ छ।

एकीकृत समाजवादीमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ नेतालाई

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तीन नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको बताए।

म्याग्दीको मालिकामा छपनी प्रहार गरी १ जनाको हत्या, २ घाइते

म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो छपनी प्रहार गरी एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन्।

डेढ वर्षमा हात्तीको आक्रमणबाट झापामा १२ जनाको मृत्यु, १३ घाइते

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्ती पछिल्लो समय मानिसप्रति आक्रामक बन्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेल बताउँछन्।

पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित

दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ।

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न सर्वोच्च अदालतको रोक

अदालतले अरुण तेस्रो निर्माण कार्यमा सहजताका लागि सुरक्षा प्रबन्ध मिलाउनसमेत जिल्ला प्रशासन कार्यालय संखुवासभालाई निर्देशन दिएको छ। 

बरहथवा घटनाका दोषीमाथि कडा कारबाही गर्ने सर्लाहीका प्रजिअको प्रतिबद्धता

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जाजरकोट भूकम्प : अझै त्रिपालमुनि रात काट्दै प्रभावित

भूकम्प गएको दुई महिनामा रूकुमपश्चिमभर १० हजार ४२३ अस्थायी आवास निर्माण भए पनि सबै प्रभावितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाको भनाइ छ।

राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय 

सिट बाँडफाँट टुंगो लगाउन शनिबार अपराह्न चार बजे फेरि गठबन्धनको बैठक बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

गोविन्द केसी, प्रेम चलाउने, लेनिन विष्टसहित ९ जना माइतीघरबाट पक्राउ

यसअघि शनिबार बिहान डा. केसीले विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको ‘कथित’ निषेधित क्षेत्र तोड्ने बताएका थिए।

भारतीय चीज आयात रोक्न माग गर्दै उद्योगी काठमाडौँमा

भारतीय चीजका कारण नेपाली चीजको बिक्रीमा समस्या भएको उद्योगीको गुनासो छ। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको इलामका महेन्द्र प्रधानले बताए।

सहकारी नियमन गर्ने छुट्टै निकाय गठनको तयारी हुँदैछ: अर्थमन्त्री

सहकारी नियमनको अभावमा समस्या आएको तर, बचत दुरुपयोग गर्नेहरू कानूनको कठघरामा उभिनैपर्ने अर्थमन्त्री महतको भनाइ छ।

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा भने कायम

सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो।  

रोग किराको असर: लमजुङमा घट्यो सुन्तला उत्पादन

विभिन्न रोग कीराको आक्रमण तथा सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तमिल समुदायलाई मान्यता दिन श्रीलंकामा संविधान संशोधनको तयारी

भारतको प्रस्तावमा तमिल समुदायलाई मान्यता दिने गरि श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ। 

टी२० विश्वकप: नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ।

यस्तो रहनेछ शनिबारको मौसम

हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कानून समितिले प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीसँगका सम्झौताबारे जानकारी लिने

कानून न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेका बेला भारतसँग नेपालले गरेका सम्झौताहरूका विषयमा जानकारी लिने भएको छ।