AnonymousUser

Logout

स्वास्थ्य बीमामा फेरि समेटिँदै निजी अस्पताल, बोर्ड भन्छ– सरकारी वा निजी भनेर छुट्याइँदैन

अनुगमनमा कडाइ गर्दै निजी अस्पताल तथा मेडिकल कलेजसँग स्वास्थ्य बीमा कार्यक्रमका लागि समन्वय गर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी बताउँछन्।

वीरगन्ज नाकामा भेटिए नयाँ कोरोना संक्रमित

वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। दुवै जना भारतको कोलकत्ताबाट आएका थिए।

सत्ता र ‘प्रभावशालीहरू’ जोडिएका मुद्दाबाट भागिरहेको अदालत

न्यायको सिद्धान्त भन्छ– ‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो।’ सर्वोच्च अदालतले सत्तादेखि प्रभावशाली व्यक्ति जोडिएका मुद्दामा अवलम्बन गरेको रणनीति हेर्दा न्यायलाई पन्छाउन अदालत नै अग्रसर भएको देखिन्छ।

कतारबाटै सेनामा भर्ती हुन रुस पुगेका प्युठानका युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कतार पुगेका उनी त्यहीँबाट सेनामा भर्ती हुन रुस पुगेका थिए।

भुक्तानी सन्तुलन २ खर्ब १० अर्ब बचतमा

चालु आर्थिक वर्षमा अर्थतन्त्रका बाह्य सूचकहरूको अवस्था बलियो देखिएको छ।

ज्ञानेन्द्र प्रशिक्षक र रोहित कप्तानको जिम्मेवारीमा फर्किए एपीएफ

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एपीएफ फर्किएका छन्। 

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्लाही जिल्ला अदालतले आदेश दिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड भन्छ– एसईई हटाए विद्यार्थीको शैक्षिकस्तर खस्किन्छ

कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्न सक्ने, तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरका कारण पुनः पढ्न मन नगर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको भनाइ छ।

नेप्सेमा झिनो अंकको गिरावट, ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

बिहीबार ६ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रंगशाला बनाइने

प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने तयारी भएको छ।

‘कन्सल्टेन्सी’को धन्दा: वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी

शैक्षिक परामर्शका लागि खुलेका कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने नाममा करोडौँ रुपैयाँ ठगी गरिरहँदा कारबाही गर्नुपर्ने नियामक निकाय आफैँ कानूनी अलमलमा छन्।

बालविवाह रोक्न ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा

विवाह गर्नु पहिला नै लाइसेन्स लिने व्यवस्था गर्न सके बालविवाह, विवाहको प्रलोभनमा पारी हुने मानव बेचबिखन अन्त्य हुने कांग्रेस नेता राणाको भनाइ छ।

दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि? अब हुनेछ निगरानी

काठमाडौँ महानगरको सहयोगमा उपत्यका प्रहरीले गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर पत्ता लगाउने अत्यधुनिक क्यामेरा प्रयोगमा ल्याएको छ। 

शेख हसिना चौथो कार्यकालका लागि बांग्लादेशको प्रधानमन्त्री नियुक्त

आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिटमा जितेको थियो।

स्केट खेललाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै

रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा पुस ५ देखि ७ गतेसम्म भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३०० खेलाडीको सहभागिता थियो। 

विद्युतीय सवारीको आयात बढ्दो, राजस्व खुम्चिएको भन्दै अर्थ मन्त्रालय दबाबमा

लक्ष्य अनुसारको राजस्व नउठ्दा सरकारी आय र खर्चको खाडल बढ्दै गएको देखिएको छ। अर्थ मन्त्रालय र भन्सारका अधिकारीहरू राजस्व घट्नुमा विद्युतीय सवारी आयातलाई मुख्य कारक मानिरहेका छन्। 

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको जनाएका छन्।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्का मृत भेटिए

भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा नगरप्रवक्ता खड्काको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको आईएलओको प्रतिवेदनमा उल्लेख छ। 

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक दल वा दलसम्बद्ध संगठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न रोक लगाएको छ।