AnonymousUser

Logout

‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

दुग्ध विकास संस्थानले साउन १५ देखि दूधको पैसा नदिएको किसानले बताएका छन्। माघ तेस्रो सातासम्म पनि भुक्तानी नपाए सडकमा उत्रिने उनीहरूले बताएका छन्।

चिसो बढेसँगै घटे पर्यटक, सुनसान बन्यो खुम्बु क्षेत्र 

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्यांकअनुसार पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ। स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको छ।

सोवाङ धुरी जोड्ने नयाँ पदमार्ग, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर आम्दानी गर्ने योजना स्थानीयको छ। चिमखोलाबाट बिस्तारै हिँड्दा दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ।

वडाध्यक्षले सामान चोरेको भन्दै ठेकेदारले रोके पुल निर्माण

बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले करिब ४८ लाख बराबरको डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी गरेको ठेकेदारको दाबी छ।

न्युरोड क्षेत्रमा पार्किङ निषेध गरिँदै, विकल्पमा काठमाडौँ टावर

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने महानगरको भनाइ छ। 

कस्तो रहनेछ मंगलबारको मौसम?

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

१ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा सरकारले नर्सिङ अध्यापन गराउने  

१५ शय्यासम्मका स्थानीय तहका अस्पतालहरूमा सरकारले एमबीबीएस डाक्टर पठाउन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबै कम्युनिस्ट दलबीच एकता जरुरी: देव गुरुङ 

उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको पनि बताए।

‘न्यायालय सुधार गर्न नियमावली संशोधन’

न्याय परिषद्ले न्यायालयमा भएका कमीकमजोरी हटाइ सुधारका लागि नियमावली संशोधन गर्नुपरेको जनाएको छ।

ऐन–नियम विपरीत त्रिविलाई आर्थिक भार दिइयो: संसदीय प्रतिवेदन

सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको हो।

राम मन्दिरको उद्घाटनप्रति पाकिस्तानले जनायो आपत्ति

भारतबाट मुस्लिमलाई राजनीतिक र सामाजिक रूपमा सीमान्तकृत गर्ने प्रयास भइरहेको पाकिस्तानको आरोप छ।

अयोध्यामा ‘उन्माद’, नेपालमा उत्सव

अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको छ। ‘विशेष दिन’ भन्दै नगरमा माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। वीरगन्जमा घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा राखिएका छन्।

वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थपिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने जनाएको छ। 

प्रधानमन्त्री कप: अपराजित रहँदै पुलिस शीर्ष स्थानमा

सोमबार सम्पन्न खेलमा अर्को विभागीय टोली एपीएफलाई ५८ रनले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।

टिचिङ अस्पतालको नाम लिएर बिरामी जाँच्दै आएका नक्कली डाक्टर पक्राउ

चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा कार्यरत रहेको बताउँदै उनले विभिन्न पोलिक्लिनकहरूलाई भ्रममा पारेर उपचार गर्दै आएका प्रहरीले जनाएको छ।

त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक, यस्तो छ परीक्षा तथा भर्ना मिति

सेमेस्टर र वार्षिक प्रणालीमा १०० दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

शेयर बजारमा ३१.४९ अंकको गिरावट

सोमबार नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर २ हजार ९८.६९ को विन्दुमा कायम भएको छ।

कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुशीयाली मनाएको छ।

मूल्यवृद्धिको आधिकारिक तथ्यांक र उपभोक्ताको भोगाइबीच किन मेल खाँदैन?

नेपाल राष्ट्र बैंकको अनुसन्धान आँकडाले कम देखाए पनि सरसामान किन्ने उपभोक्ताले बजारमा बढी नै महँगीको महसुस गरिरहेका हुन्छन्। यस्तो हुनुको प्राविधिक कारण छ।

थोरै उत्सव, अलिकति मौनता: अयोध्याका दुई रंग

नवनिर्मित राम मन्दिरको अभिषेकका बेला एकातिर अयोध्यामा उत्सवको माहोल छ भने अर्कातिर मौनता छाएको छ, जसले केही भन्न खोजेको देखिन्छ।