पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटना हुँदा नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको छ।
गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह ठप्प बनेको छ।
भारतले नेपालबाट भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको प्रधानमन्त्री दाहालको दाबी छ।
संसद्को प्रमुख काम कानून निर्माण हो। प्रतिनिधिसभाको निर्वाचनपछि २०७९ पुस २५ गते पहिलो बैठक बसेको थियो। त्यसयता बजेट सम्बन्धीबाहेक जम्मा एउटा कानून बनेको छ। कस्ता काममा बित्यो प्रतिनिधिसभाको एक वर्ष?
सामान्य अवस्थामा दादुरा फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले सरकारले खोप अभियान सञ्चालन गरेको हो।
खोटाङमा यस वर्ष ८१० हेक्टरमा लगाइएको बगानबाट तीन हजार १३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
कञ्चनपुरका बेदकोट र दोधारा चादँनी नगरपालिकाले विद्यालय समायोजन गरिसकेका छन्। अन्य पालिका प्रक्रियामा छन्।
कच्चा पदार्थ तथा कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमिततालगायत कारण मागअनुसार नेपाली हाते कागजको उत्पादन घट्दो क्रममा छ।
मूल्य बढेसँगै व्यवसायी चिराइतो संकलन गर्न गाउँ–गाउँमा पुग्न थालेका छन्। पहिले जस्तो आफैँले बजार खोज्नुपर्ने बाध्यता किसानलाई छैन।
कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर आव २०८५/८६ सम्म ३० प्रतिशत पुर्याउने १६औँ योजनाको मस्यौदामा उल्लेख छ।
नेपाल प्रहरीका १६ नायब महानिरीक्षक (डीआईजी)को काज तथा सरुवा भएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ।
बलात्कृत बालिकाले काठमाडौँ जिल्ला अदालतमा बकपत्र गर्दा आफूले भनेका केही महत्वपूर्ण कुरा बयानमा नलेखिएको भन्दै आपत्ति मात्र जनाइनन्, प्रहरीले शुरूमै खिचेको भिडियो प्रमाणका लागि पेश गर्न पनि माग गरिन्।
सीआईबीको टोलीले आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जनलाई पक्राउ गरेको छ।
सर्बिया, पोल्यान्ड, माल्टा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा ६ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा कटिएको विद्युत् लाइन तत्काल जोड्ने र महसुल विवादबारे थप छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको छ।
कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।
मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।
उनीहरूले ‘जनयुद्ध दिवस’लाई मान्यता दिन नमिल्ने सर्वोच्चको आदेशका कारण नेपालको भविष्यतर्फको यात्रामा थप एक कदम सहज भएको उल्लेख गरेका छन्।