इरानको सरकारी टेलिभिजनले यसलाई इजरायलले गरेको 'आतंकवादी हमला' भनेको छ।
उनले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।
पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्री तथा सहयोग रकम मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टी कार्यालयले जनाएको छ।
विश्वकपअघि दक्षिण अफ्रिकामा भएका चार अभ्यास खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा निराश हुनु पर्यो। अहिले मात्र नभई, एक महिनाअघि यू१९ एशिया कपमा पनि ब्याटरको प्रदर्शन गतिलो थिएन।
सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ।
संघले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको लागि १० लाख रुपैयाँ सहयोग पनि गरेको छ।
२३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा सबै विकेट गुमाएर १७० रनमा समेटियो।
बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो।
उनीहरूबीच सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।
विगत दुई महिनादेखि बिरामी परेका उनलाई कम्पनीले नेपाल फर्किन दिएको थिएन, उल्टै पासपोर्ट रोकेर राखेको थियो।
यानको सोलर प्रविधिले बिजुली उत्पादन गर्न नसकेको र उक्त समस्या समाधान गर्न नसके केही घण्टामा यानको काम बन्द हुने अधिकारीले बताएका छन्।
कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकामा जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन्।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले कार्यकाल सकिनुभन्दा १६ दिन अगाडि राजीनामा दिएका छन्।
१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्।
गाउँपालिकाले किसानलाई तोरी उत्पादनमा प्रोत्साहन गर्ने नीति लिएको छ। कम मिहिनेत लाग्ने भएकापछि किसान पनि यसमा आकर्षित भएका छन्।
परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धमा मृत्यु भएका नेपालीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग आग्रह गरेका छन्।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रुकुम पश्चिममा १६ हजार ३४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार ४९७ निर्माणाधीन छन्।
परियोजना निर्माणमा ११७ रुखले बाधा पुर्याउँदा सडक निर्माणमा ढिलाई भएको हो।