राष्ट्रियसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको परिणामअनुसार कोशी प्रदेशमा मात्र एमालेले एक सिट जितेको छ।१८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न भएका खेलमा मधेश, बागमती प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन्।
आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ। बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा कायम भएको छ।
धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने तयारी भइरहेको बताएका छन्।
खुमलटार एफसीबाट यू१६ लिग खेलिरहेको सिन्धुपाल्चोक एफसीका खेलाडी खेल हुने दिन लामोसाँघुबाट ८० किमि टाढाको काठमाडौँ आउँछन् र त्यही दिन फर्किन्छन्। फुटबलमा भविष्य खोजिरहेका यी खेलाडीहरूको कथाः
जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।
मुगुका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्।
गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त? काभ्रेको कुशेश्वर माविका प्रअ दमैसिं दोङ गुणस्तर सुधारका लागि प्रयास गरिरहेको भए पनि गाउँमा मानिस नै घट्दो भएकाले विद्यार्थी पनि कम भएको बताउँछन्।
उनीहरूले नदीमा डुबाएपछि चमत्कार भई बच्चाको ज्यान बच्ने ठानेका थिए।
राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।
आईएल–७६ सैन्य विमान युक्रेनले खसालेको रुसको आरोप छ। विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए।
भरतपुर विमानस्थलको एक हजार २०० मिटर लामो धावनमार्ग विस्तार गरेर एक हजार ५०० मिटर बनाउने योजना छ।
बुधबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग ४–२ ले पराजित भएसँगै बार्सिलोना क्वार्टरफाइनलबाट बाहिरिएको छ।
प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुँदैछ।
देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।
आईसीसी यू१९ विश्वकपअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो।
शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा ती विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको छ।
रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।
आरोपीहरुविरुद्ध २२ लाख ७८ हजार ३०५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।