९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ।
इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।
जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको शरूआत गरेको थापाले बताएका छन्।
काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न सक्दैनन्। यसले किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।
नमूना परीक्षण गर्दा स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ पाइएकाले क्यान्डीको बिक्रीमा रोक लगाउनुपरेको महानगरको भनाइ छ।
खेर गइरहेको केराको थामबाट रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ।
दुई वर्षभित्र सञ्चालनमा आउने एसेम्बली लाइनले एच१२५ इक्युरियल हेलिकप्टरका प्रमुख घटकलाई एसेम्बल र परीक्षण गर्ने र भारत तथा छिमेकी मुलुकमा ग्राहकलाई हेलिकप्टर प्रदान गर्नेछ।
देशभर चिसो अत्यधिक बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको घटना छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो।
नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १४८१ जनाले उजुरी दर्ता गराएका छन्। बागलुङमा मात्रै सहकारीले ८०० सेयर सदस्य र ३२०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
नेपाल अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’मा पुगेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले हिउँचितुवा मोरङको उर्लाबारीसम्म कसरी आइपुग्यो भन्ने विषयमा सीआईबी लगायतका निकायको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र उनका पुराना प्रतिद्वन्द्वी मोहम्मद सहाबुद्दिनबीच दशकौँदेखि चलेको बदलाबाजीले पल्टा खाएको छ। पहिले सहाबुद्दिन र अहिले सिंहलाई तनाव दिने ‘नागरिकता काण्ड’को नालीबेली:
अन्तर्राष्ट्रिय अदालतले नरसंहारको मुद्दाबाट बाहिर नहट्ने जनाएको छ।
जर्मन प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन्।
माओवादी केन्द्र संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको शुक्रबार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए।
एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ।
विभागले अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत अनुरोध गरेको छ।
जापानमा जनवरी १ मा गएको भूकम्पमा परी कम्तिमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने सरकारी अधिकारीले बताएका छन्।