AnonymousUser

Logout

नेप्सेमा दोहोरो अंकको सुधार, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा कायम भएको छ।

अस्ट्रेलिया घरेलु मैदानमा २७ वर्षपछि वेस्ट इन्डिजसँग पराजित

अस्ट्रेलियालाई पराजित गर्दै वेस्ट इन्डिजले शृंखला १–१ को बराबरीमा सकाएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।

सत्तारुढ दलहरूमा उलटफेर ल्याउने एमालेको प्रयास असफल बनाएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन्।

अवहेलना मुद्दामा सर्वोच्चको व्याख्या : समाचारका आधारमा न्यायिक धारणा बनाउन सकिँदैन

सर्वोच्चले कसैको कुनै अभिव्यक्ति अशोभनीय वा उत्तेजनापूर्ण छ भन्ने आधारमा नै स्वतः त्यसलाई अदालतको अवहेलनाजन्य विषय ठान्न नसकिने पनि ठहर गरेको छ।

एआईले ‘जागिर खाइदिने’ विश्वव्यापी डर, नेपालमा पनि देखिन थाल्यो प्रभाव

एआईका कारण विश्वका केही ठूला कम्पनीले कामदार कटौती गरिरहेका छन्। खासगरी प्रविधि, वित्तीय क्षेत्र, ग्राफिक डिजाइन, फोटोग्राफी आदि क्षेत्रका कामदारले रोजगारी गुमाइरहेका छन्।

उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको आरोप

उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्र कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ। 

जेटबोटले सहज बन्यो भोजपुरवासीको यात्रा

हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ। १९ किमि टाढा रहेको चतारा जलयात्राबाट २० देखि २५ मिनेटमा पुग्न सकिन्छ। 

विश्व कुष्ठरोग दिवस मनाइँदै: मधेश प्रदेशमा अधिक कुष्ठरोगी

गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।

वडा कार्यालयमा स्तनपान कक्ष 

कर्मचारी तथा सेवाग्राही आमाको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको तुलसीपुर– १३ वडाध्यक्ष मोहन पौडेलको भनाइ छ।

चिया टिपाइमा सुधार गर्न किसानलाई हातेमेसिन 

सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। ‍यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ।

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्ड कालोपत्रका लागि बजेट अभाव भएको छ।

स्पेनिस ला लिगामा रियल मड्रिडको पुनरागमन जित

रियल २१ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ५२ अंक छ। 

यस्तो रहनेछ आइतबारको मौसम

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। दिउँसो, कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

खेल क्षेत्रमा बजेट बढाउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए।

थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

थ्रिस्टार विदेशी पाहुना टोली भुटानको पारोलाई पराजित गर्दै आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौँ महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गर्ने

न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ।

कर्णालीका निजामती कर्मचारीलाई ७/७ दिन विवाह र पर्यटन बिदा

नियमावलीअनुसार कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ।

झन्डै ३ हजारलाई शहीद घोषणा गर्दै छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि ‘माओवादी जनयुद्ध’ र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।

प्रयोगमा आएन कालीकोटमा निर्मित नमूना बस्ती

विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो।

देशको समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।