AnonymousUser

Logout

स्वास्थ्यमन्त्री भन्छन् – ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउन कठिन हुनेछ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।

आईसीसीद्वारा श्रीलंका क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा

आईसीसी सदस्यका रूपमा श्रीलंका क्रिकेटले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा निलम्बन गरेको थियो।

‘तीनै तहका सरकारबीच साझा अधिकारबारे छलफल नै भएन’

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबीचमा रहेका साझा अधिकारका बारेमा छलफल नहुनु दुःखको कुरा भएको बताएकी छन्।

भन्सार छलेर ल्याएको साढे सात लाख रुपैयाँ बराबरको सामान बरामद

भारतबाट अवैधरूपमा कपडा, खाद्यान्न तथा हार्डवेयरका सामान ल्याउने गरेका छन्।

चन्द्र ढकालको लुम्बिनी केबलकारः सञ्चालनमा आएको एक वर्षमै विरोधमा उत्रिए स्थानीय

लुम्बिनी केबलकार प्रालिले निर्माणकालमा स्थानीयसँग भएका सम्झौता पालना नगरेको भन्दै बुटवल तथा पाल्पाका आयोजनाक्षेत्र आसपासका वासिन्दाले माग पूरा नभए केबलकार चल्न नदिने चेतावनी दिएका छन्। 

‘यथार्थ’का लागि ‘वाकाथन’

कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ संकायका विद्यार्थीबीच विभिन्न प्रदर्शनीका साथै प्रतिस्पर्धा हुने छ। 

३२५ अर्ब डलर ऋणमा ‘एभरग्रान्ड’: सम्पत्ति बेचेरै भए पनि चुक्ता गर्न अदालतको आदेश

चीनको एक चौथाइ अर्थतन्त्र घरजग्गा उद्योगबाट चल्छ। अदालतको यो निर्णयपछि चीनको वित्तीय बजारमा उथलपुथल हुने सम्भावना छ।

वडाध्यक्षको व्यक्तिगत लगानीमा नि:शुल्क वाइफाइ

सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराएका हुन्।

२२ वटा निर्माण कम्पनी कालोसूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो।

चीन र थाइल्यान्डका नागरिक एक अर्काको देशमा बिना भिसा प्रवेश गर्न सक्ने

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्यान्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’मा प्रवेश गर्ने बताएका छन्।

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न

नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।

जोर्डनस्थित अमेरिकी बेस क्याम्पमा ड्रोन आक्रमण: ३ सैनिकको मृत्यु, दर्जनाैँ घाइते

इजरायल–हमास युद्ध शुरू भएयता मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो।

एएफसी एशिया कपमा इन्डोनेसियालाई हराउँदै अस्ट्रेलिया क्वाटरफाइनलमा

कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

यस्तो रहनेछ सोमबारको माैसम

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सिस्ट्री खोला जलविद्युत‍्का भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चको परमादेश

विकासका लागि संरक्षित क्षेत्रभित्र प्रयोग गर्न दिँदा सम्बन्धित विज्ञहरूसँग छलफल गरी वैज्ञानिक किसिमको गुरुयोजना तथा एकीकृत परियोजनाको कार्यविधि तत्काल कार्यान्वयन नगर्न परमादेशमा भनिएको छ।

क्षेत्रीय तनाव बढेसँगै इरानद्वारा ३ वटा स्याटेलाइट प्रक्षेपण

अमेरिकी खुफिया समुदायको विश्वव्यापी खतरा मूल्यांकन २०२३ का अनुसार उपग्रह प्रक्षेपण वाहनहरूको विकासले इरानलाई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरू विकास गर्न मद्दत पुगेको छ। 

प्रधानमन्त्री कप : आर्मी र मधेश प्रदेश विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका खेलमा त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी भएका छन्।

काठमाडौँ महानगरले शिक्षा विभाग प्रमुखसँग माग्यो स्पष्टीकरण

काठमाडौँ महानगरपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

भारतसँगको विद्युत् व्यापार सम्झौता शीघ्र सार्वजनिक गर्न प्रतिपक्षी दलका सांसदको माग 

प्रतिपक्ष दलका सांसदहरूले भारतसँग हालै गरिएको विद्युत् व्यापारसम्बन्धी सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।

ओलीले भने– कडा प्रबन्ध गरेर मात्रै एसिड बेच्न दिनुपर्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले परिभाषित रूपमा मात्रै एसिड प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।