AnonymousUser

Logout

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

सरकारी गोप्य दस्ताबेज चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई सो सजाए सुनाइएको हो।

कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र

सुरक्षित र सुविधासम्पन्न आवासको परिकल्पनासहित भक्तपुरको मध्यपुरथिमिमा सञ्चालित ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ २० वर्षदेखि अलपत्र परेको छ।

डेब्यू खेलमै चन्दनले ५ विकेट लिएपछि एपीएफको जित

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो। जितसँगै एपीएफले ७ खेलबाट ८ अंक बनाएको छ।

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

लामो समय जिल्ला न्यायाधीश रहेका मरासिनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। 

१४ हजार नाघे शहीदः न घोषणा गर्ने मापदण्ड, न सरकारसँग छ यकिन तथ्यांक

जस्तोसुकै घटनामा ज्यान गुमाएकालाई पनि शहीद घोषणा गर्नुपर्ने माग जनस्तरबाट उठ्ने गरेको छ। त्यस्तो दबाब थेग्न नसकेर सरकारले धमाधम शहीद घोषणा गर्दै क्षतिपूर्तिबापत परिवारलाई १० लाख रुपैयाँ थमाइरहेको छ। 

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदीको आग्रह

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले अन्तर्राष्ट्रिय मानवीय कानून अरूलाई जस्तै इजरायलमा पनि लागु हुनुपर्ने बताएका छन्।

तमोरको पानी ताँखुवा, तेलिया र परेवादिनमा पुर्‍याइँदै, १ हजार २९५ घरधुरी लाभान्वित हुने

सातवटा ‘लिफ्टिङ स्टेसन’ र चार वितरण केन्द्र रहने आयोजनाले बढी सुक्खाग्रस्त क्षेत्रहरू, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ। 

सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले पनि उपचार खर्च पाउने

कोषले साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम एक लाख र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

जीर्ण भवनबाट प्रसूति सेवा, पालिकाले बेवास्ता गरेको गुनासो

छानाको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ। वरिपरि बनमाराको घारी छ। वर्षामा दबदबे हिलो र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराउन बाध्य छन्, स्वास्थ्यकर्मी। 

इराकलाई हराउँदै जोर्डन एशियन कपको क्वार्टरफाइनलमा

जोर्डनले सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी २ मा ताजिकिस्तानविरुद्ध खेल्ने छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको जनस्तरबाट टिप्पणी हुने गरेको छ।

एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न सकिँदैन : छानबिन समिति

समितिले एनसेलको खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत र कम्पनी सञ्चालकको व्यावसायिक पृष्ठभूमिका विषयमा अदालतका आदेशसमेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको छ।

एनसेलको शेयर खरिद–बिक्री प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ।

एकीकृत समाजवादीले उमेर हद नराख्ने, नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले सबै कमिटीका पदाधिकारी तथा सदस्यको चयन महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचितबाट गर्ने निर्णय गरेको छ।

दरबार हत्याकाण्डको छानबिन हुने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन्।

प्रधानमन्त्री कप : २ खेलअगावै पुलिस फाइनलमा, आर्मीको पनि सम्भावना बलियो

गण्डकीलाई ६ विकेटले पराजित पुलिसले प्रधानमन्त्री कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

नेप्से‍ १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

इतिहास बोकेर भविष्य खोजिरहेका भक्तपुरका हिटीहरू (तस्वीर–कथा)

पहिले यो प्राचीन शहरको हरेक टोलमा हिटीबाट सफा पानी आउँथ्यो। अहिले त अधिकांश हिटीहरू आफैँ तिर्खाइरहेझैँ देखिन्छन्।

पुरानो व्यापारिक केन्द्र त्रिवेणी बन्यो सुनसान

त्रिवेणीका ८७ वर्षीय भैरवप्रसाद शर्माका अनुसार पूर्व–पश्चिम राजमार्ग बन्यो, उता ट्रक बस चल्न थाले, यता कुनै बाटोले जोडिएन, डुंगाहरू चल्न छाडे, बिस्तारै यहाँको रमझम हराउँदै गयो।