दाङका तीन वटै निर्वाचन क्षेत्रलाई जोड्ने र पश्चिम दाङको वैकल्पिक मार्ग मानिएको दामोदर सडकखण्ड ५ वर्षदेखि कालोपत्र नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
दाङ– दाङका तीन वटै निर्वाचन क्षेत्र जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४, जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ।
घोराही–तुलसीपुर–८ को भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ को डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ। त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा र घोराही–५ निर्वाचन क्षेत्र नं १ मा पर्दछन्। तुलसीपुर उपमहानगरपालिका–१४ भने निर्वाचन क्षेत्र नं ३ मा पर्छ। यसरी तीन वटा निर्वाचन क्षेत्रलाई जोड्ने र दाङको गौरवको योजनाका रूपमा रहेको दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो।
घोराहीबाट बबई गाउँपालिकाको हापुरसम्म जोड्ने उक्त सडकको दामोदर खण्डमा कालोपत्रका लागि ग्राभेल हालेको पाँच वर्षभन्दा बढी भइसके पनि अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन।
उक्त सडकअन्तर्गत घोराहीको नैनवारसम्म भने कालोपत्र भइरहेको स्थानीय बताउँछन्। यहाँबाट नजिकै पर्ने तुलसीपुर–१४ को जितपुरसहित १८ किलोमिटर क्षेत्रमा कालोपत्र हुन नसकेको स्थानीय नारायण खड्काले बताए। “सोही वडाको बीचमा कालोपत्र नभएर तुलसीपुर–११ को उरहरीतर्फबाट काम भएको छ। यसले यहाँका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको छ,” उनले भने।
वरिपरि सबै ठाउँमा कालोपत्र भए पनि तुलसीपुर उपमहानगरपालिका–१४, जितपुर क्षेत्रमा सडक स्तरोन्नति नहुँदा आफूहरू उपेक्षामा परेको स्थानीयले बताउने गरेको खड्काले उल्लेख गरे। दामोदर सडकलाई पश्चिम दाङ जोड्ने वैकल्पिक मार्गका रूपमा पनि लिने गरिएको छ। यो सडक निर्माण भएमा स्थानीय उत्पादन सहजै बजारसम्म लैजान सकिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
