AnonymousUser

Logout

ट्रयाक खुलेको २९ वर्षपछि स्तरोन्नति हुँदै लोकमार्गको वैकल्पिक सडक

बागलुङ बजार छेउमै रहेको बिहुँ गाउँमा विसं २०५१ सालमा ट्रयाक खोलिएको सडक तीन दशकपछि स्तरोन्नति हुन थालेको हो।

संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदै

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ।

आर्थिक संकटबाट उकासिँदै श्रीलंका

विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण आर्थिक संकटमा परेको श्रीलंका बिस्तारै उकासिँदै गएको छ।

जनकपुरमा विमर्श:  विदेश जाँदै मधेश

बिहीबारदेखि जनकपुरधाममा जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आइतबार पनि विभिन्न चार वटा विषयमा विमर्श भए।  

ईपीएल: आर्सनल र वोल्भ्स विजयी

आइतबार राति बेलायतको लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो।

पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थपियो

बालकुमारीमा पुस १३ गते ईपीएस भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुई जनाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधारमन्त्रीको गाडी जलाइएको थियो।

क्यानले गर्‍यो क्यानडा र लिग–२ खेल्ने नेपाली टोलीको घोषणा

क्यानले क्यानडा र लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने छुट्टाछुट्टै दुई टोलीको घोषणा गरेको छ।

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिबाना

इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना भएको छ भने उनकी श्रीमती सिर्जना शाक्यलाई एक अर्ब तीन करोड जरिबाना र एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ।

संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदलाई ओलीको निर्देशन

संसद्मा सम्बोधनका क्रममा गलत शब्द तथा अभिव्यक्ति दिनेहरूको विरोध गरे पुग्ने भएकाले रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग गर्न आवश्यक नभएको एमाले अध्यक्ष ओलीको भनाइ थियो।

कार्यान्वयन सुनिश्चिततासहित संसद्‍बाट विधेयक पारित गर्नुपर्छ : सभामुख

उनले प्रि–बजेट छलफलका लागि कानूनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए। उनले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे।

सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५.३७ प्रतिशतको गिरावट आएको छ।

भारतबाट तस्करी हुने प्याजले मूल्य नियन्त्रण: साइकलबाट सीमापार, गोदाममा एकत्रित गरी काठमाडौँ 'सप्लाई'

मंसिर अन्तिममा प्रतिकिलो १८० रुपैयाँ पुगेको प्याज अहिले ८० रुपैयाँमै पाइन्छ। भारतले निर्यात प्रतिबन्ध लगाए पनि तस्करीबाट वीरगन्ज ल्याइपुर्‍याइँदा प्रतिकिलो ४१ रुपैयाँ पर्छ, त्यही प्याज काठमाडौँ आउँछ।

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रधानमन्त्रीको गुनासो : पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा जनताबाटै साथ पाइएन

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताबाट साथ नपाएको गुनासो गरे‍का छन्।

नेपालमा ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट

पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र महिलामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर बढी देखिने गरेको छ। 

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्तको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

मलेसियामा लुकिछिपी काम गरिरहेका १५ नेपालीसहित ५३० आप्रवासी श्रमिक पक्राउ

पक्राउ पर्नबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।

बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन्। उपकरण जडान धमाधम भइरहेको छ। दुई महिनाभित्र सक्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

चिलीमा भीषण आगलागी: कम्तीमा ५१ जनाको मृत्यु

आगलागीबाट आइतबारसम्म एक हजारभन्दा धेरै घर जलेका छन्। शहरी क्षेत्रतर्फ बढिरहेको आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन्।